Logo
१९ बैशाख २०८१, बुधबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हातैले एक मिनेटमा २ सय १२ वटा ओखर फोडेर विश्व कीर्तिमान (भिडियोसहित)

हातले ओखर फोर्नु सजिलो काम होइन । कसैले ओखर फोर्न भन्यो भने हामीले हातले फोर्न खोज्नुको साटो औजार खोज्न थाल्छौँ । तर, भारतको आन्ध्र प्रदेशका प्रभाकर रेड्डी नामका पुरुषको हकमा भने यो लागू हुँदैन । पेशाले मार्सल आर्ट प्रशिक्षक रहेका प्रभाकरले हालै गिनिज बुकमा आफ्नो नाम लेखाए । यसअघि पाकिस्तानका मोहम्मद राशिदको नाममा त्यो किर्तिमान थियो । प्रभाकरले राशिदको किर्तिमान भंग गरे ।

प्रभाकरले आफ्नो हातैले सबैभन्दा धेरै ओखर फोरेर विश्व किर्तिमान नै कायम गरेका छन् । उनले एक मिनेटमा २ सय १२ वटा ओखर आफ्नो हातले फोरेर विश्व किर्तिमान कायम गरेका हुन् । आन्ध्र प्रदेशमा हालै आयोजित समारोहमा उनले एक मिनेटमा २ सय १२ वटा ओखर फोर्न सफल भए । कार्यक्रममा उनलाई हातमा पन्जा लगाउन भनिएको थियो, ता की कुनै चोट नलागोस् । तर उनले पन्जा लगाएनन् र विजुलीको गतिमा भटाभट हत्केलाले ओखर फोरे । एजेन्सी

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्