Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवार अम्बिरबाबु गुरुङको आयो कडा खण्डन : अनेक प्रपन्च रचेर बद्नाम गरेकोमा दुखी

ओखलढुंगा : नेकपा एमालेले ओखलढुंगाको प्रदेश सभाका लागि उम्मेदवार बनाएका अम्बिरबाबु गुरुङको चर्चा दिनप्रंतिदिन चुलिएको छ । स्थानिय जनताको दुख सुखमा साथ दिदैँ आएका अम्बिरको क्रेज एकाएक बढे पछि विपक्षीहरु अत्तालिएकाछन् ।

नेकपा एमाले महासचिव इश्वर पोखरेलको दाहिने हात मानिने अम्बिरलाई स्थानिय जनताले समाजसेवीका रुपमा समेत हेर्ने भएकाले उनी निर्वाचनमा आर्कषकका रुपमा समेत देखिएकाछन् । तिनै अम्बीर अहिले ओखलढुंगाको प्रदेश ‘क’ को वाम गठबन्धनको उम्मेदवार बने पछि एक समुहले अनेक प्रपन्च रचेर बद्नाम गरेकोमा उनी दुखी भएकाछन् ।

उनले भने, आफुले जनताको सेवा भने पछि ब्यापार, ब्यावसाय समेत बिर्सिएर लागेको छु । जिम्मेवार सञ्चार माध्यमहरुले अफावहरुपमा मरोबारेमा काल्पनीक समाचार बनाएर प्रचार गरेमा मलाई दुख लागेको छ । म त्यस्ता काल्पनिक समचारहरुको खण्डन गर्न चाहान्छु ।

अम्बीर गुरुङलाई हावादारीरुपमा ग्रीनकार्डधारी भन्न मिल्छ । म ग्रीनकार्डधारी होइन । म नेपाली हो नेपाली जनताका लागि काम गर्छु उनले थपे । म एमालेको कार्यकर्ता हुँ ,जनताको काममा लागि रहन्छु । जनताको सुख दुख,रुखो सुखोमा म सगैँ हुन्छु । जनताको परि मर्कामा मरो साथ रहन्छ । निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । हुुनुपर्छ तर अर्काको चरित्र हत्या हुने तवरबाट काल्पनिक भ्रामक समाचार आउनु राम्रो होइन ।

यसै,बिच अम्बीरलाई बाल्यकालदेखि नै चिन्ने र कुनै समय आफुहरु निकै घनिष्ठ रहेको बताउने हाल सन् फ्रान्सिस्को अमेरिकामा रहेका रुम्जाटारका दिनेश पोखरेलले भनेको भन्दै केहि- केहि अनलाईन सञ्चार माध्यमले नकारात्मक खबर लेखका छन् ।

यस संबन्धमा अमेरिकामा रहेका रुम्जाटारका दिनेश पोखरेलसगँ नागरिक टाइम्स प्रतिनिधिले अम्बिरबाबु गुरुङका बारेमा आधिकारीक धारणा के हो ? भने पछि उनी भन्छन् ,यस्ता काल्पनीक कुराहरु कुन पत्रकारले कसरी लेखे ? मलाई केहि जानकारी छैन् । अम्बिरबाबु गुरुङका बारेमा केहि भनेको पनि छैन् ,लेख्न लगाएको पनिछैन् । यसरी काल्पनीक समाचार लेख्न मिल्छ ? उल्टै प्रश्न गरे ।

हो वास्तवमा भन्ने हो भने अम्बिरबाबु गुरुङ समाजसेवी हुन् । जनताको परिमर्कामा सहभागी हुने गरेको मैले देखेको छु , सुनेको छु तर मेरो भनाई भन्दै चाहिने नचाहिने खबर लेख्न मिल्छ ? अम्बिरबाबु गुरुङ नेकपा एमालेले ओखलढुंगाको प्रदेश सभा उमेदवारका रुपमा उठ्दै गर्दा किन मेरो नाम राखेर केहि अनलाइनहरुले समाचार बनाए आफै (दिनेश पोखरेल) छक्क परेको बताए ।

चुनाव जिते सरकारी सुविधा नलिने घोषणा

ओखलढुंगाबाट प्रदेशसभा सदस्यका उम्मेदवार एमाले नेता अम्बिरबाबु गुरुङले चुनाव जितेर आफू सांसद भए कुनै प्रकारको सरकारी सुविधा नलिने घोषणा गरेकाछन् । संयुक्त वाम गठबन्धनका तर्फबाट ओखलढुंगाको क्षेत्र ‘क’ बाट उम्मेदवार बन्नुभएका नेता गुरुङले आफू निर्वाचित भए सांसद भएबापत सरकारबाट पाउने सबै सेवा नलिने घोषणा गरेकाछन् । आफूले पाउने सबै सुविधा जिल्लाका समस्या समाधानमा नागरिकहरुलाई उपलब्ध गराउने घोषणा गरेकाछन् ।

जिल्लाको विकास र समृद्धिका लागि काम गर्न उम्मेदवार बनेको बताउँदै उहाँले चुनाव जितेर सांसद भएपछि आफूले पाउने सबै सुविधा जिल्लाका गरिब र विपन्न बासिन्दाको हितमा खर्च गर्ने बताए । गुरुङले विगतमा नागरिकको नाममा आउने सामान्य बजेटमै भ्रष्टाचार हुने गरेको भन्दै गाउँको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो एजेण्डा रहेको बताए । चुनाव जितेमा सांसदका हैसियतले पाउने सबै सुविधा व्यक्तिगत रुपमा नलिने भनेर घोषणा गर्ने गुरुङ ओखलढुंगाका पहिलो एक मात्र उम्मेदवार हुन् ।

प्रकाशित मिति: Nov 4, 2017

प्रतिक्रिया दिनुहोस्