Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गगन थापाको चुनावी प्रसार सुरु : आज दिउसो चावहिलमा चुनावी सभा

काठमाडौं : काठमाडौ क्षेत्र नं. ४ का लागि नेपाली काँग्रेसका उम्मेदबार गगनकुमार थापाले आजबाट चुनावी प्रसार प्रसार सुरु गर्न लाग्नु भएको छ । चावहिलमा रहेको पशुपतिमित्र माविसँगैको चौरमा मध्याहन्न १२ बजेपछि उम्मेदबारी घोषणा सभा तथा पहिलो चुनावी सभाको आयोजना गरेर उहाँले प्रचार अभियान औपचारिक रुपमा सुरु गर्न लाग्नु भएको हो ।

उहाँले आजको कार्यक्रममा आफ्ना भावी योजनाहरु सार्वजनिक गर्ने र यसअघिको कार्यकालमा गरेका कामहरुको प्रगतिविवरण पनि जानकारी गराउने कार्यक्रम रहेको चार नं. क्षेत्रको सांसदको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउने क्रममा नेता थापाले आफूले ४ वर्ष अघि संविधान सभा सदस्यमा निर्वाचित भएपछिको जिम्मेबारी पुरा गरेर फेरी नयाँजिम्मेबारीका लागि उम्मेदबारी दिएको बताउनु भयो ।

नेता थापाले अघिल्लो कार्यकालमा आफुले सक्दो राम्रो र लोकतान्त्रीक संविधान बनाउन प्रभावकारी भूमीका खेलेको बताउदै विकास निर्माणका काम पनि धेरै गर्न भ्याएको र केही पुरा हुन बाँकी कामलाई अवको कार्यकालमा पुरा गर्ने अठोट व्यक्त गर्नुभएको छ ।

उहाँले आउदो कार्यकाल देशभरीका सवैलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा समान रुपले उपलब्ध गराउने व्यवस्थाका लागि र बस्नलायक काठमाडौ बनाउने अभियानमा केन्द्रीत गर्ने बताउनु भएको छ । यसअघि दोब्बर भन्दा बढी मत अन्तरले बिजयी हुनु भएका थापाले अहिले पनि मतदाताले आफुलाई नै गौरबका साथ रोज्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यतिबेला माओवादी केन्द्रका नेता एवं हालका उपराष्ट्रपति नन्दकिशोर पुन लगायतलाई पराजित गर्नुभएको थियो ।
अहिले भने भैसेपाटीमा अपार्टमेन्ट लिएर बस्दै आएका एमाले नेता राजन भट्टराईले नेता थापासँग प्रतिश्पर्धा गर्नुहुने भएको छ ।

प्रकाशित मिति: Nov 4, 2017

प्रतिक्रिया दिनुहोस्