Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसका नाममा फिरौती माग्ने धनुषाबाट भूमिगत सशस्त्र समूहका ४ जना पक्राउ

लामो समयदेखि तराईको विभिन्न जिल्लाहरुमा चन्दा तथा आतंक मच्चाउँदै आएको भूमिगत सशस्त्र समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विगतमा तराई मधेसका विभिन्न जिल्लाहरुमा व्यापारी, डाक्टर तथा विभिन्न नाममा चन्दा, फिरौती तथा विभिन्न घटनाहरुमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनुषाको ठाँढीझिझ गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय प्रमोद ठाकुर, सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ का २४ वर्षीय विष्णुदेव सहनी, सोही ठाउँका ३६ वर्षीय दीपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर रहेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट आरोप ठहर आदेशानुसार कारागार चलान भइसकेका छन् । यसैबीच, सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाको मस्ट वाण्टेड सूचीका धनुषा कमलामाई नगरपालिका वडा नं. ७ का ३२ वर्षीय विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएको मोटरसाइकलको चेचिस नम्बर तथा नम्बर प्लेट फरक–फरक भएकाले चोरीको भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका मोटरसाइकलहरुमा पल्सर ३ थान, बुलेट कालो १ थान, हिरो होण्डा स्प्लेन्डर १ थान, बजाज डिस्कभर १ थान,, ग्लामर १ थान, यामाहा क्रक्स १ थान, टिभिएस एक थान र हंक १ थान पक्राउ परेको प्रहरीले जनाएको छ ।

आफूलाई तराई राष्ट्रिय जनतान्त्रिक पार्टीका सैन्य कमाण्डर बताउने यादवलाई प्रहरीले नेपाल भारतको सिमानाका खजूरीबाट पक्राउ गरेको जनाएको छ । चोरी भएका १० वटा मोटरसाइकल बरामद धनुषा लगायत मध्य तराईका विभिन्न जिल्लाहरुमा विभिन्न समयमा मोटरसाइकल चोरी गरी नेपाल तथा भारतको सीमावर्ती क्षेत्रमा बिक्री वितरणका लागि राखिएको १० थान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: Nov 3, 2017

प्रतिक्रिया दिनुहोस्