Logo
१० आश्विन २०८०, बुधबार
(November 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीपीका नाती मनिषा कोइरालाका भाइ ‘बागी उम्मेदवार’ बन्न पनि अयोग्य !

  • प्रमोद यादव, 

सुनसरी : सुनसरीस्थित निर्वाचन कार्यालयमा बिहिबार एउटा प्रसङ्गले निकै रोचक बनेको छ । रोचक के भने प्रदेश सांसदमा उम्मेदवारी दिन पुगेका एक जना उम्मेदवारले आफ्नो मतदाता नमावली कुन जिल्लामा छ ? त्यो नै थाह पाएनछन् । फलस्वरुप उम्मेदवारले उम्मेदवारी नै नदिई फर्किनु परेको छ । प्रसङ्ग सुनसरी स्थित प्रादेशिक सांसदमा उम्मेदवारी दिन पुगेका सिद्धार्थ कोइरालाको हो, जो जन नायक वीपी कोइरलााका नाती तथा अभिनेत्री मनिषा कोइरलाकी भाई हुन् ।

उनी प्रदेशसभा मै उम्मेदवार बन्न पछिल्लो २/३ वर्षदेखि तयारीमा रहेका थिए । कानूनी प्रावधानबारे ज्ञान नभएपछि उनी उम्मेदवारी नै नदिई फर्किनु परेको छ । उनी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा काँग्रेस जिल्ला सभापति राजीव कोइराला विरुद्ध बागी उमेद्वारी दिन गएका थिए । तर उम्मेदवार नै बन्न पाएनन् । उम्मेदवारी दिन इनरुवा आइपुग्दा दिउँसो पत्रकारमाँझ उनले आफू बागी उम्मेदवार बन्न आएको बताएका थिए । ‘मलाई यो सिस्टम मन परेन त्यसैले बागी उम्मेदवार दिन आएकोु भन्दै उनी इनरुवाको जिल्ला समन्वय समितिमा रहेको मनोनयन दर्तास्थल प्रवेश गरेका थिए । ‘तर मोरङमा उनको मतदाता नामावली भएकोले उम्मेदवार बन्न नपाइनेु निर्वाचन अधिकृतले जानकारी दिएपछि सिद्धार्थ बागी उम्मेदवार बन्न पाएनन् ।

यसैगरि आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि मोरङमा विवादित डाक्टर सुनिल शर्मादेखि राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलका पूर्वमन्त्री बद्रीप्रसाद मण्डलसम्मले उम्मेदवारी दर्ता गराएका छन् । विवादास्पद छविका सुनिल शर्माले काँग्रेसबाट टिकट पाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक समेत हुन् । अपरान्ह शर्मा बाजागाजासहितको जुलुस लिएर मनोनयन दर्ता गर्न पुगेका थिए । शर्मा काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग नजिक मानिन्छन् ।

त्यस्तै, राजा ज्ञानेन्द्रको तत्कालिन शासनकालका मन्त्री बद्रीप्रसाद मण्डलले पनि मोरङ ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । राजपा नेपालबाट उनी उम्मेदवार बनेका हुन् । जुलुससहित मण्डल उम्मेदवारी दर्ता गर्न क्षेत्रीय हुलाक कार्यायमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उम्मेदवारी दिन पुगेकाबेला उनले भने, ‘मेरो उम्मेदवारी मधेशी जनताको पक्षमा हो।’ गणतन्त्र स्थापनापछि राजनीतिमा निकै कम सक्रिय भएका मण्डल एकाएक उम्मेदवार बनेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रकाशित मिति: Nov 3, 2017

प्रतिक्रिया दिनुहोस्