Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुमबहादुर सिध्याउनेलाई उपहार : सरकारमा गृहसचिवको जिम्मेवारी

काठमाडौं : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई भौतिक रुपमै सिध्याउन मुख्य प्रपञ्च रचेका भनिएको  मोहनकृष्ण सापकोटालाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गृहसचिवको जिम्मेवारी दिएको छ ।पहिलो संविधानसभाको निर्वाचनमा दाङ क्षेत्र नं १ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खड्कालाई हराउन मुख्य भूमिका खेलेका तत्कालिन दाङका प्रमुख जिल्ला अधिकारी मोहनकृष्ण सापकोटालाई देउवा नेतृत्वको सरकारले पुरस्कार स्वरुप गृहसचिवको जिम्मेवारी दिएको हो ।

खड्काको हत्या योजना गिरिजाको निर्देशनमा खड्काको बढ्दो राजनीतिक यात्राबाट सशंकित कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको रिपोर्टका आधारमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले खड्कालाई हराउने मात्र नभई उनलाई भौतिक रुपमा सिध्याउने योजना बुनेको स्रोतहरु बताउँछन् । माओवादीलाई शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा गृहमन्त्री सिटौला थिए । कांग्रेसले दाङ क्षेत्र नं. १ मा प्रभावशाली नेता खड्कालाई टिकट दिएपछि उनले जोडतोडले प्रचास / प्रसार गरिरहेका थिए ।

त्यतिमात्र होइन खड्कालाई पहिलो संविधानसभा निर्वाचनको केहिदिन अघिमात्रै लमहीस्थित रातोमाटा डाँडामा भएको घटनामा सुरक्षा नदिएर माओवादीलाई खड्कालाई भौतिक रुपमा सिध्याउन बाटो खुल्ला गरिदिएका थिए । पूर्व गृहमन्त्री समेत रहेका खड्काको पछि नलागेर सापकोटाले माओवादीको पछाडि लागि खड्काविरुद्ध रिपोर्ट तयार पारी केन्द्रमा पठाए । त्यसपछि खड्का ज्यान जोगाउन नेपालगञ्ज पुगे ।

आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई गुहारेर खड्का नेपालगञ्ज जान लागेको बेलामा सापकोटाले प्रम्ख जिल्ला अधिकारीको हैसियतमा माओवादीका कार्यकर्ता र क्यान्टोनमेन्टका लडाकुमाथि गोली नचलाउन आदेश दिएका थिए ।फलस्वरुप बाध्य भएर नेता खड्का आफैले गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मी र माओवादीका कार्यकर्ताबीच झडप हुदाँ सो घटनामा सात माओवादीको मृत्यु भएको थियो ।

त्यसपछि सापकोटाले माओवादीको ठाडो आदेशमा क्यान्टेनमेन्टका लडाकुहरूको परिचय लुकाएर माओवादी कार्यकर्ता मात्रै भएको रिपोर्ट दिएका थिए । उनले जुन काम माओवादीको ठाडो आदेशमा गरेको तत्कालिन अवस्थामा नेपालमा कार्यरत युएनको अनुगमन कार्यदलको प्रतिवेदनमा घुमाउरो पारामा उल्लेख गरिएको छ । कांग्रेसको विपक्षमा खुलेर लागेका उनै सापकोटालाई गृह सचिवको जिम्मेवारी दिइएपछि सापकोटालाई गृहसचिवबाट हटाएर अर्को उपयुक्त सचिवलाई नियुक्त गर्न देउवामाथि कार्यकर्ताले दबाब बढाएका छन् ।

खड्का उम्मेदवार बनेको क्षेत्रमा माओवादीले बनाएका इन्द्रजित चौधरी निरिह थिए । गृहमन्त्री सिटौला र माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको गोप्य बैठकमा खड्कालाई हराउने मात्रै होइन हत्या नै गर्ने योजना बन्यो । चुनावी कार्यक्रममा सहभागी भएर नेता खड्का गोबरडिहाबाट लमही हुँदै सत्बरियारस्थित निवासमा जादैगर्दा रात परिसकेको थियो । खड्कालाई रातोमाटा डाँडामा बाटो छेकेर बसेका माओवादीका कार्यकर्ता र क्यान्टोनमेन्टका लडाकुहरूले खड्का सवार गाडी आउने वित्तिकै आक्रमण गरे ।

त्यही खड्काको हत्या गर्ने योजना थियो । तर, खड्काको हिम्मत, साहस र बहादुरी तथा साथमा रहेका सुरक्षाकर्मीका कारण ज्यान जोगाएर त्यहाँबाट निस्किए । त्यसको ठूलो क्षति माओवादीलाई भयो । घटना हुनेवित्तिकै खड्काले तत्कालीन प्रधानमन्त्री कोइराला र सिटौलालाई तत्काल फोन गरे । तर, कोइराला र सिटौलाले जे भयो९भयो छाडिदिनुस् खुमबहादुरजी भनेर फोन काटिदिए ।

घटनाको भित्रि कुरो :
तत्कालिन दांङ जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापा (हाल एसएसपी पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका भतिजा) थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी सिडियो मोहनकृष्ण सापकोटा (हाल गृह सचिव) को भित्रि साठँगाठँमा घटना घटाउने षडयन्त्र बनेको थियो, दांङका एक पुराना नेताले भने ।उनीहरुलाई केन्द्रमा रहेका तत्कालीन शिर्षनेताहरुको साथ थियो ।

दांङ निर्वाचन भय भएको थियो । खुमबहादुर खड्काले तत्कालिन चुनाव जित्ने पक्का पक्की भएको थियो । खड्का गाउँमा छन् भनेर माओवादीका कार्यकर्ता दांङको सप्तरिया पुगे । उनलाई नभेटेपछि खड्काका भतिजा नविन खड्कालाई अपरहरणगरि पिट्दै ती माओवादीले लिएर हिडे । जब हिडेँ, बाटोमा खड्काको समुह र माओवादीका हतियारधारी समुह जम्काभेट भयो रातोमाटोमा । माओवादीका हतियारधारी समुहले खड्कालाई लक्षित गरि गोली प्रहार गरे ,तत्काल खड्काको सुरक्षामा खटिएका प्रहरीले पनि गोली चलाए ।

एका तर्फ गोली चल्यो, अर्को तर्फ नविन खड्क भागे, उनी विरामी परे, माओवादीको अपहरणले मानसिक तनाव भोगेका नविनको अन्ततः मृत्यू भयो । यो घटनाकाबारेमा पुर्व जानकारी पाएका तत्कालिन सिडियो सापकोटा र तत्कालिन दांङ जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापा किन मौंन बसे ? उनीहरुको नियत यसैबाट उदांगिएको छ । गृह सचिव सापकोटा चतुरछन् उनले जसो पनि जानेका छन् । उनले अहिले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुलाई हात लिएका छन् ।

प्रकाशित मिति: Nov 3, 2017

प्रतिक्रिया दिनुहोस्