Logo
१६ बैशाख २०८१, आईतबार
(November 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीकालागि अयोग्य हुने भएपछि महन्थको MP मा उम्मेदवारी, उपेन्द्रको पनि नागरिक्ता रहस्यमय !

  • विषेश संवाददता,

काठमाडौं : राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अन्ततः नागरिक्ताकै कारण प्रतिनिधिसभामा उम्मेदवारी दिन बाध्य भएका छन् । उनलाई प्रदेश नम्बर २ को मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको थियो तर नागरिक्ताका कारण उनी अयोग्य हुनेभएपछि अन्तमा आएर उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

श्रोतले भन्यो ‘उहाँसंग जन्मसिद्ध नागरिक्ता छ र अहिलेको कानूुनी प्रवाधानअनुसार वंसज नागरिक्ता भएका जनप्रतिनिधिले मात्र सभामुख, मुख्यमन्त्री, राष्टपटि लगायत संवैधानिक प्रमुख बन्न पाउनेछन् जसरकारण उहाँले प्रदेश सांसदमा उम्मेदवारी दिनु भएन ।’

उनले प्रतिनिधिसभा सदस्यका लागि महोतरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । बिभिन्न कुटनैतिक निकाय सहित नेपाली कांग्रेसले समेत उनलाई प्रदेश नम्बर २ को मुख्यमन्त्री उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेको थियो तर नागरिक्ताबारे उनी मौन बस्दै उनले यसबारे केहि प्रतिकृया दिएका थिएनन् ।

यता, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘आफू सप्तरीमै जन्मेको हो’ भनी प्रमाणित गराउन उनले आफना निकटतमहरु मार्फत आफनो नागरिक्ता सार्वजनिक गराएका छन् ।

तर श्रोतले भन्यो ‘उनले नागरिक्ताको एक साइड मात्र सार्वजानिक गराएका छन् । जुन ‘साइड’मा जन्मस्थान सप्तरी लेखिएको छ र टाइवाला फोटो लगाइएको छ । तर नागरिक्ताको अर्को ‘साइड’ सार्वजानक गराइएका छैनन किनकी उहाँपनि निकै पछि सुनसरी मधुवानको सिफारिसमा सुनसरी जिल्ला प्रशासन कार्यलयबाट नागरिक्ता लिएका हुन् ।’

‘त्यहीभएर उहाँले नागरिक्ताको अर्को साइड सार्वजानिक गराउनुभएकोछैन्’ श्रोतले भन्यो ‘उहाँको नागरिक्तामा वंशज की जन्मसिद्ध केहि उल्लेख छैन् । उहाँको परिवार सप्तरीको कुनौलीबोर्डरका तत्कालिन बासिन्दा हुन पछि भागवतपुर र त्यसपछि  कोशीको तट हुदै उहाँहरु मधुवनको बासिन्दा भएका थिए ।’

उनको नागरिक्तामा अझ रस्यको थप कुरा के छ भने उहाँको नागरिक्तामा नेपाल सरकार लेखिएको छ तर प्रतिलिपपि भने लेखिएको छैन । जवकी, पुरानो प्रवधानअनुसार उमेरको स्थानमा १७ वर्ष लेखिएको छ नागरिक्ताको प्रमाणपत्र भने नयाँ हो ।

प्रकाशित मिति: Nov 3, 2017

प्रतिक्रिया दिनुहोस्