Logo
७ जेष्ठ २०८१, सोमबार
(November 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनवमा मधेशी नेताहरु : महन्थ र उपेन्द्रविरूद्ध आफ्नैले दिए बागी उम्मेदवारी

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ । ठाकुर उम्मेदवार बनेको महोत्तरी–३ मा पूर्वसांसद चन्द्रेश्वर झाले उम्मेदवारी दिएका छन् । दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

झा २०७० को निर्वाचनमा महोत्तरी- ४ बाट स्वतन्त्र रूपमा विजयी भएका थिए । एक महिनाअघि मात्रै उनी राजपा प्रवेश गरेका थिए। आफूलाई जनताले चाहेकोले उम्मेदवारी दिएको झाले बताए । पार्टीले आफूलाई संघीय संसदको समानुपातिक उम्मेदवार समेत नबनाएकोले उम्मेदवारी दिएको बताए ।

त्यस्तै सप्तरी-२ मा फोरम अध्यक्ष यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले सल्लाह नै नगरी फोरमलाई छोडेकाले आफूले उम्मेदवारी दिएको ठाकुरले बताए । सप्तरी–२ राजपाको सबैभन्दा सुरक्षित ठाँउ भएको भन्दै उनले राजपाको निर्णयले जनता निराश भएको बताए ।

यो पनि पढ्नुस्  : 

खुलासा : महन्थ, उपेन्द्र, महेन्द्र र शरतसिंहलाई आफ्नै ‘वागी उम्मेदवार’ बाट तनाव !

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्