Logo
७ जेष्ठ २०८१, सोमबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले हस्ताक्षर गरेको टिकट लिएर गणेश लामाले भने-‘लोकतन्त्र रक्षाका लागि मेरो उम्मेदवारी’

बनेपा : ‘गुन्डा-नाइके’ भनेर प्रसिद्ध गणेश लामा नेपाली काँग्रेसको तर्फबाट काभ्रेमा उम्मेदवार बनेका छन् । लामासँगै काभ्रे १ का प्रतिनिधि सभा १ तर्फ तीर्थ लामा तथा २ का उम्मेदवार मधु आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् । काभ्रे- १ (ख) प्रदेश सभा सदस्यको लागि काँग्रेसको तर्फबाट उनी उम्मेदवार बनेका हुन् । बिहीबार निर्वाचन कार्यालयमा काँग्रेसका अरु नेताहरुसँगै आएर उनले उम्मेदवारी दर्ता गराए ।

उम्मेदवारी दर्ता गराउन आएका लामाले आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षाका लागि भएको दाबी गरे । ‘लोकतन्त्रको रक्षाको लागि मैले उम्मेदवारी दिएको हुँ’, सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने । उनले अाफूलाई मिडियाले गुन्डा नाइकेको रुपमा स्थापित गरिदिए पनि अाफू त्यस्तो नभएको दाबी गरे ।

काभ्रे १ (क) मा काँग्रेसले सिबी लामालाई प्रदेश सभा उम्मेदवार बनाएको छ भने ख का लागि डन गणेश लामालाई अघि सारेको हो । लामालाई टिकट प्रदान गर्ने पार्टीको आधिकारिक कागजातमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्