Logo
१७ मंसिर २०८१, सोमबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका सुमन र फोरमका साहलाई साथमा लिएर सप्तरी २ बाट उपेन्द्र यादवको उम्मेदवारी

राजबिराज : फोरम नेपाल र राजपा नेपालबीच २ नम्बर प्रदेशमा भएको तालमेल अनुसार संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिन निर्वाचन कार्यलय पुगेका छन् ।

यसअघि भएको निर्वाचन क्षेत्र बाँडफाँट अनुसार सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि यादवले उम्मेदवारी दिएका हुन् ।

यादवसंगै प्रदेशसभा अन्तर्गत २ को क बाट फोरमका शैलेन्द्रप्रसाद साह र ख बाट राजपाका मनिषकुमार सुमनले उम्मेदवरारी दिएका छन् ।

यसैबीच, फोरम अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुले देखेको सपनालाई साकार बनाउन पार्टीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बहुमतका साथ विजयी हुनु जरुरी रहेको बताएका हुन् ।

उम्मेदवारी दिने त्ररममा नेता यादवले जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न मधेशी जनताले फोरम राजपा गठबन्धनलाई नै जिताउनुपर्ने बताए ।

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्