Logo
२४ मंसिर २०८१, सोमबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असुरक्षित बन्दै राजधानी : सुरक्षाको जिम्मा लिएका हाकीमकै विगत भने डर लाग्दो ! 

अन्तर समझ । राजधानीको कमलादीमा गोली चलाउने समूहका दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई कमलपोखरी प्रहरी वृतमा राखिएको छ । एक थान पेस्तोल र ५१ थान गोलीसहित दुई जनालाई कमलादीबाट पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानबाट सामान्य झगडामा उनीहरुले तर्साउनका लागि गोली चलाएको देखियो । तर कसैलाई गोली लागेन । उनीहरु के प्रयोजनका लागि हतियार लिएर हिँडेका थिए भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ गोली चलेको हो ।

असुरक्षित भो राजधानी : 

असुरक्षित बन्दै गएको बेला राजधानीको सुरक्षा जिम्मा लिएका हाकीमको विगत पनि उस्तै डर लाग्दो देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले नेतृत्व गरेका धेरै जसो स्थानहरु विवादित बन्दै आएका छन् । धानुक इनिस्पेक्टर छँदा थानकोटमा जागिर नै सस्पेन्समा परेका प्रहरी अधिकारी हुन् । त्यसैगरि उनले डिएसपीको जिम्मेवारी लिँदा वाग्मती अञ्चलको जग्गा खरिद प्रकरणमा मुछिएका थिए ।

त्यस्तै, एसपीका रुपमा रुपन्देही जिल्ला हाँक्दा उक्त समयमा एमालेका कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो । उनकै कार्यकालमा यूवा संघका नेता दुर्गा तिवारीलाई अज्ञात समुहले हत्या गर्यो । उनै एसपी धानुकएसएसपी भएपछि काठमाडौंको सुरक्षा खलबलिएको छ । उनी प्रमुख भइसकेपछि राजधानीमा बन्दुक धारी डनहरु जुर्मुराएका छन् । शान्ति सुरक्षा खल्बलिएको छ । हप्तै पिच्छे पेस्तोलधारीहरु सलबलाएका छन् ।

उता, महानगरीय अपराध प्रहरी महाशाखाका एसएसपी दिवस लोहनीको पनि विगत धानुकको जस्तै डरलाग्दो छ । सिंहदरबार प्रहरी कार्यालयको नेतृत्व लिदा एक थुनुवाको पिटिपिटी ज्यान लिएर विवादमा तानिएका थिए । तत्कालिन आईजीपी अच्युतकृष्ण खरेलले उनलाई गुन लगाएर उदयपुरको कटारी तिर प्रमुख नै बनाएर पठाए । शक्तीको आडमा धानुकले दाइँ मच्चाएकाछन् ।

पछिल्लो समय सप्तरी जिल्लामा राम्रो नेतृत्व दिन नसकेर विवादमा तानिएका लोहनीकै कारण राजधानीको सुरक्षा खल्बलिएको बताइएको छ । दुवै विवादस्पद प्रहरी अधिकारीको हातमा राजधानीको सुरक्षा छ । तर पेस्तोलधारीहरु अनेक वाहानामा सल्बलाएकाछन् । सुरक्षाको जिम्मा लिएको उच्च निकायले यस्ता विवादस्पद ब्यक्तीका बारेमा जानकारी हुदाँ पनि, तै चुप मै चुप जस्तो अवस्थामा रहेको प्रस्टै देखिन्छ । प्रहरी हेडक्वाटर समेत यी प्रहरी अधिकारीको सामु निरिह जस्तै बन्दै गएको छ ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्