Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेता देवेन्द्र यादवले महोत्तरी ४ बाट स्वतन्त्र उम्मेदवारी दिने

राष्टिय जनता पार्टीबाट टिकट नपाएपछि देवेन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिने भएकाछन् । तत्कालिन सद्भावना हुदै हाल राजपा नेपालका महासचिव समेत रहेका देवेन्द्र यादवलाई पार्टीले टिकट नदिने भएपछि उनी स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

राजपा र फोरम नेपाल बीच चुनावी सिट बाँडफाँट भएपछि उक्त क्षेत्र फोरमको भागमा परेको हो । नागरिक टाइम्ससँगको कुराकानीमा उनले कुनैपनि हालतमा आफूले उम्मेदवारी दिने बताए ।

राजपालाई बचाउदै उपेन्द्र यादवप्रति केन्द्रित हुदै उनले भने उपेन्द्रजीले मलाई टार्गेट नै गरेर उक्त सिट आफनो पक्षमा पारेका हुन् तर्सथ पनि मैले उम्मेदवारी दिने निर्णय गरेको हु ।

उनी स्वच्छ छवि भएका एक यूवा नेता मानिन्छन् तत्कालिन मधेश आन्दोलनका बेला उनी सयुक्त राष्ट्र संघको कार्यलाय अगाडी गएर बिरोध प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्