Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल-डिजेलमा २ र ग्यासमा २५ रुपैयाँ मूल्य बढ्यो

प्रति सिलिन्डर एलपी ग्यासमा २५, प्रति लिटर पेट्रोल र डिजलमा २ रुपैयाँ हुनेगरी आज मध्यरातबाट लागू हुनेगरी मूल्यवृद्धि भएको छ । निगमका प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ भाउ बढेको छ । अब पेट्रोल प्रति लिटर १०० रुपैयाँ पर्नेछ । त्यसैगरी डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ ५० पैसा बढेपछि ७५ रुपैयाँ ५० पैसा पर्नेछ ।

नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको भाउ बढाएको हो । खाना पकाउन प्रयोग हुने एलपिजी ग्यासमा भने प्रति सिलिन्डर २५ रुपैयाँ भाउ बढाइएको छ । अब प्रति सिलिन्डरको मूल्य १३५० रुपैयाँ पर्नेछ । यसअघि गएको साउन १७ गते ग्यासको भाउ प्रति सिलिन्डर २५ रुपैयाँ भाउ घटाएर १३२५ रुपैयाँ बनाइएको थियो ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्