Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमलादीमा गोली चल्यो, हेरिटेज प्जालाबाट हतियार सहित तिन भारतीय पक्राउ

काठमाडौंस्थित  कमलादीमा एक राउण्ड गोली चलेको छ । कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको हेरिटेज प्जालामा एक राउण्ड गोली चले पनि कोही घाइते नभएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सोही हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित तिन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत पञ्जावका जसबीर सिंह, अरविन्द सिंह र देवेन्द्र सिंह नाम गरेका भारतीय पेस्तोल र गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ । प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ ।

कमलादीको हेरीटेज प्लाजाभित्र गोली पड्केको आवाज आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न निजी कम्पनीहरुको कर्पोरेट कार्यालय रहेको प्लाजभित्र किन गोली पड्कियो भन्ने खुलिसकेको छैन ।

प्रहरीका अनुसार गोलीबाट कोही पनि घाइते भने भएका छैनन् । मंगलबारमात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं छिरेका ती भारतीय किन पेस्तोलसहित काठमाडौं छिरेका थिए भन्ने प्रस्ट खुलिसकेको छैन ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्