Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोलाई मनाउन भारतीय दुतावासबाट दवाब : महतोले देउवाको फोन समेत उठाएनन्

धनुषा क्षेत्र नम्बर ३ बाट पछि हट्न राजपा नेता राजेन्द्र महतो कुनैपनि हालतमा तयार नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय दुतावास मार्फत महतोलाई दवाब दिलाएका छन् । धनुषा ३ लाई लिएर सिंगो तालमेल प्रक्रिया नै अवरुद्ध हुने भएपछि नेपाली कांग्रेसले भारतीय दुतावास मार्फत दवाब दिएको बुझिएको हो ।

श्रोतले भन्यो ‘महतोले देउवाको फोन समेत उठान छाडेपछि दुतावासमार्फत दवाब दिलाउदै पुनः छलफल गर्न अहवान गरेका छन् ।’ तर महतोले ‘धनुषा ३ आफूले कसनैपनि हालतमा नछाड्ने भन्दै निधि अन्यत्र लडे आफूले भरपुर्ण सहयोग गर्ने’ भन्दै जवाफ फर्काएका छन् ।

श्रोतका अनुसार देउवाले महतोलाई ३ ओटा एसएमस र ७ कल फोन गरेका थिए तर महतोले उठाएनन् त्यसपछि देउवाले ठाकुरलाई फोन गरेका थिए तर ठाकुरले भने महतोबारे आफूले केहि भन्न सक्ने अवस्थामा नरहेको बताएका थिए । ‘अब महतोजीको बारेमा मैले कुनै निर्णय गर्न सक्दिन बरु म एक पटक सल्लाह गर्छु’ ठाकुरको भनाई उदृत गर्दै श्रोतले भने महतोसँ छलफल गरेर राजपा नेताहरुहरु फेरी बलुवाटारमा प्रधानमन्त्रीसँग बैठक बस्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि सोही क्षेत्रबाट चुनाव लड्ने भएपछि लोकतान्त्रिक गठबन्धनमा अप्ठ्यारो परेको हो । सोही क्षेत्रका कारण लोकतान्त्रिक गठबन्धन नबन्ने भएपछि नेपालका लागि भारतीय दूतावासले प्रधानमन्त्री देउवालाई राजपा नेपालसँग जसरी पनि चुनावी तालमेल गर्न दवाव दिएपछि अहिले साँझ बालुवाटारमा बैठक शुरु भएको छ ।

दुतावासले राजेन्द्र महतोलाई पनि चुनावी तालमेलका लागि लचिलो हुन दवाव दिएको छ । तर, महतोले आफुले चुनावमा उम्मेदवारी दिनका लागि पार्टीबाट टिकट पनि पाइसकेको कुनै पनि हालतमा फिर्ता नहुने बरु विमलेन्द्र निधि फिर्ता होस् भनि जवाफ दिएको स्रोतले जनाएको छ ।

अहिले बालुवाटारमा जारी बैठकमा राजेन्द्र महतो गएका छैनन् । उनले धनुषा क्षेत्र नम्बर तीनबाट पछाडी हट्न दवाव दिन्छ कि भनेर त्यहाँ नगएको स्रोतले जनाएको छ । राजपा नेपालका महन्थ ठाकुर, अनिल झा, शरतसिह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादव बालुवाटार गएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्