Logo
७ बैशाख २०८१, शुक्रबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रामप्रसाद मोच्छु’ नेकपा एमालेबाट उम्मेदवार बन्दै, कांग्रेसबाट सिताराम सांसद उम्मेदवार

सुनसरी स्थित नेपाली कांग्रेसका नेता रामप्रसाद मेहता ‘मोच्छु’ नेकपा एमाले प्रवेश गर्दे प्रदेशसभा सदस्यका लागि उम्मेदवार दिने भएका छन् । उनीसंगै उनका भाईहरु सबै एमाले प्रवेश गर्ने बताइएको छ । तर मेहताले यसबारे औपचारिक रुपमा स्वीकार गरेका छैनन् ।

टेलिफोनमा कुराकानी गर्दै मेहताले भने ‘वर्षौंदेखि कांग्रेसमा राजनीति गरेकोछु तर पार्टीले उपयोग मात्र गरेकाछन् कुनै न कुनै गभ्भिर निर्णय लिन म बाध्य भएको छु’ यद्यपी उनले एमाले प्रवेश गर्ने कुरा औपचारिक रुपमा स्वीकार गरेकाछैनन् ।उनले भने ‘यो लुकाउने कुरा होइन तपाईलाई थाह भइहाल्छ, अहिले नै म केहि भन्ने अवस्थामा छैन् ।’

तर समाचार श्रोतले भने उनी एमालेबाट प्रदेशिक उम्मेदवार सम्म फइनल भइसकेको दावी गरेका छन् । ‘यो सरप्राइज नै हुनेछ’ श्रोतले भन्यो ‘सुनसरी क्षेत्र न २ को प्रदेशसभा ‘ख’ बाट सदस्यमा मेहताले एमालेको तर्फबाट उम्मेदवारी दिनेछन् । उनीसंगै उनका सबै दियादहरु एमालेमा प्रवेस गर्नेछन् ।’

त्यसैगरी यता, सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसबाट सिताराम मेहता नै सांसद उम्मेदवार हुने भएका छन् । पार्टी सभापति राजिव कोइरला हुने कि मेहता हुने ? यसबिषयमा बहस चल्दै आएको थियो तर श्रोतले भने ‘राजिव कोइरालालाई प्रदेशमा राख्ने कुरा भएको छ । मेहता नै प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनेछन् ।’

त्यसैगरि लोकतान्त्रीक गठबन्धनबाट सुनसरी क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यका लागि फोरम नेपालका वरिष्ठ नेता अशोक राई , वाम गठबन्धनबाट एमालेका प्रकाश राई प्रदेशसभा क बाट एमालेका प्रदिप भण्डारी , ख बाट एमाले सचिव भिम आचार्यले उम्मेदवारी दिने तय भइसकेको छ ।

त्यसैगरि क्षेत्र नं २ मा कांग्रेसबाट सिताराम मेहतासगै सोही क्षेत्रको क बाट हेमकर्ण पौडेल खमा राजिव कोईराला, क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको उम्मेदवारी तय भएपनि क र खको भने बाकि रहेको बताइएको छ ।  त्यसैगरि कांग्रेसबाटै क्षेत्र नं ४ मा ज्ञानेन्द्रबहादुर कार्की त्यसको ख ताहिर अन्सारीको उम्मेदवारी निश्चित भएपनि क को उम्मेदवारी सहमती भइसकेको छैन् ।

त्यस्तै सुनसरी क्षेत्र न‌ २ मा भने वाम गठबन्धनबाट माआवादी केन्द्रका डमरु सुवेदी हिमालको उम्मेदवारी लगभग तय भएको बताइएको छ । त्यसैगरि गच्छदारको विरुद्धमा एमालेबाट भगवती चौधरीको उम्मेदवारी पर्ने भएको छ । भने सोही क्षेत्रको क मा निलम बस्नेतको उम्मेदवारी तय भइसकेको छ । त्यसैगरि एमालेले क्षेत्र नम्बर ४ मा जगदिश कुसियैत यादवलाई उम्मेदवार बनाउने भएको छ भने त्यसको कमा केशव तिम्सीना र ख माओवादी केन्द्रका जाकिर हुसैन उमेदवार हुने बताइएको छ ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्