Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबारमार्ग र न्यूरोडका ८ ब्राण्डेड पसलका सञ्चालक कालो बजारी ऐनअन्तर्गत पक्राउ

दरबारमार्ग र न्यूरोडका ८ ब्राण्डेड पसलका सञ्चालकलाई महानगरीय प्रहरी परिसरले कालो बजारी ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ गरेको छ ।  आपूर्ति व्यवस्थापन विभागले दुई महिना अघि ब्राण्डेड सप अनुगमन गर्दा ठगी गरेको पाइएपछि दरवारमार्ग र न्यूरोडका एघार ब्राण्डेड सप सिल गरिएका थिए ।

दरवारमार्गका व्यवसायीले उच्च राजनीतिक तहमा दबाव दिएपछि झण्डै १८ दिनपछि असोज ८ गते पसलको सिल खुलेको थियो । दरबारमार्गमा रहेको वेन्ट्ले, नाइक, वान स्टोर, पुमा लगायतका पसलबाट तोकिएको भन्दा धैरै गुणा मुनाफा लिएर बिक्री गरेको अनुगमनको क्रममा खुलेको थियो ।

आपूर्ति व्यवस्थापन विभागले महानगर प्रहरी परिसरलाई गत महिना कालो बजारी ऐनअन्तर्गत कार्वाहीका लागि जिम्मा लगाएको थियो । आपूर्ति व्यवस्थापन विभागको निर्देशनमा महानगर प्रहरी परिसरले गत महिनादेखि दरवारमार्गका नौवटा, न्यूरोडको दुईवटा र अन्य चारवटा फर्ममा कारवाहीकालागि अनुसन्धान सुरु गरेको थियो ।

महानगरिय प्रहरी परिसरका डिएसपी वेदबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, लेवल्स स्टोरका सुवास महर्जन र दिपेन्द्र महर्जन,एडभेन्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल इन्टरप्राइजेज श्रीकृष्ण महर्जन, एभीन्यू मार्केटका उत्तम कुमार वस्नेत, प्लाटिनम ट्रेडका प्रवीन झा र रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारी रहेका छन् ।

 

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्