Logo
२ जेष्ठ २०८१, बुधबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरले प्रदेशकालागि उम्मेदवारी दिने : राजपाको तर्फबाट प्रदेश २ को मुख्यमन्त्री अनुहार

राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अन्ततः प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेलगत्तै राजपाले ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यद्यपी यसको कुनै औचारिक पुष्टि भएको छैन । राजपाले आज पत्रकार सम्मेलन गरेर उम्मेदवारी सुचि सार्वननिक गर्ने बताइएको छ । राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले यसबारे बैठकमा औपचारिक छलफल भएपनि कुनै निर्णय नै नभइसकेको बताए । ‘हामि पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्ने छौं’ नागरिक टाइमससँगको कुराकानीमा उनले भने ‘यो कुनै लुकाउने कुरा थौरै होर ? हामि सार्वजनिक नै गर्नेछौं तर अहिलेलाई नै हतार नगरौं ।’

‘अध्यक्ष मण्डलका संयोजकलाई नै मुख्यमन्त्रीको रुपमा अघि सार्नेसम्मको कुरा भएको हो हैरौं अहिले केहि भन्न सकिन्न तर, निर्वाचन क्षेत्र टुंगो लाग्न बाँकी छ ।’ उनले भने ‘ठाकुरको पैत्रिक गाउँ महोत्तरीको क्षेत्रनम्बर ३ मा पर्दछ । त्यसको ‘क’ वा ‘ख’मध्ये कुनै एकबाट लड्ने विकल्प उहाँसँग छ ।’

नेपाली कांग्रेससँग अझैपनि छलफल जारी रहेको भन्दै उनले भने राजेन्द्र महतोजी कि सर्लाही धनुषाबाट चुनाव लड्ने तयारी गर्देहुनुहन्छ । अझैसम्म पनि उनको पनि क्षेत्र टुंगो लागिसकेको छैन । तर उहाँको उम्मेदवारी प्रतिनिधिसभामा हो । उनका अनुसार फोरमसँको सिट बाँडफाँट अनुसार पर्साको क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवारको रुपमा लक्ष्मणलाल कर्णलाई अघि सारिएको छ ।

बुधबारमात्रै राजपा र फोरमले प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरेका थिए । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्