Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोले धनुषाबाट उम्मेदवारी दिने, बालुवाटारमा चर्काचर्कीपछि तनावमा निधि

  • तेजकुमार सिंह, काठमाडौं :

महन्थ ठाकुरपछि सबैभन्दा शक्तिशाली मानिने राजपा नेता राजेन्द्र महतोले अन्ततः धनुषाबाट उम्मेदवारी दिने भएका छनु । यसअधि उनी सर्लाही रोज्ने की धनुषा रोज्ने भन्नेमा अन्योल बनेको थियो । तर नेपाली कांग्रेससँग कुरा नमिलेपछि महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् ।

महतोले यसबारेमा कुनै औपचारिक प्रतिकृया दिएका छैनन तर उनका निकटतमहरुले उनी धनुषा क्षेत्र नम्बर तिनबाट लड्ने पक्कापक्की भएको भन्दै उनलाई अग्रिम बधाई तथा शुभकामना दिइरहेका छन् । राजपा नेता राजिव झाले उनी धनुषा क्षेत्र नम्बर तिनबाट उम्मेदवारी दिने भन्दै उनलाई अग्रिम बधाई दिएका छन् ।

फेसबुकमा उनले निधि गोली हान्ने तत्कालिन निर्देशकर्ताविरुद्ध महतोले उम्मेदवारी दिने बताएका छन् । उनले भनेका छन् – ‘धनुषा ३ मा शेर मधेस सम्पूर्ण मधेसीको आस्था र बिश्वासका केन्द्र आदरणीय राजेन्द्र महतो र मधेस विरोधी संविधानको समर्थन र हस्ताक्षरकर्ता तथा मलेठमा मधेसी प्रदर्शनकारीमाथी गोली हान्न आदेश दीने तत्क़ालीन गृहमंत्री बिमलेन्द्र निधिबीच अन्ततः चुनावी भिड्न्त हुनै नै भयो ।’

यता, सहमतीका लागि नेपाली कांग्रेस र राजपाबीच बलुवाटारमा बैठक लामो समय चलेपनि सहमती हुनसकेनन । श्रोत भन्छ वालुवाटारमा बिमलेन्द्र निधि र राजेन्द्र महत्तो विच चर्काचर्की नै भएको थियो र त्यसपछि राजपा अध्यक्षहरू रिसाउँदै वालुवाटारवाट हिडेका थिए ।

यता, संघिय समाजवादी फोरम नेपालले पनि धोखा दिएको भन्दै राजपाले छुटै रुपबाट उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका छन् । राजपा नेता सन्तोष मेहताले साझा उम्मेदवारी भनेको फोरम र राजपा नेपालको केबल २ नम्बर प्रदेशमा मात्रै हो भन्दै फोरम र रमजपाबीच भएको सहमतीपत्र राख्दै फेसबुकमा लेखेका छन् । उनले लेखेका छन् -‘फोरमले १, ५ र ७ नम्बर प्रदेशमा एकतर्फी उम्मेदवार घोषणा गरेर सहमतिको उलंघन गरेको छ अब ती प्रदेशमा राजपाको पनि आफ्नै उम्मेदवार हुन्छ ।’

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्