Logo
७ जेष्ठ २०८१, सोमबार
(October 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमलेन्द्र निधिको राजनीतिक जीवन बचाउन राजपा-कांग्रेसबीच तालमेल प्रयास

  • तेजकुमार सिंह, काठमाडौं : 

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको राजनीतिक जीवन यसपाली धरापमा पर्ने भएको छ । जनकपुरमा निधिको विपक्षमा बन्दै गएको माहौलले गर्दा व्यापक तनावमा रहेका उनले जसरी भए पनि राजपालाई फकाउन लागि परेका छन् । समाचार श्रोतका अनुसार नेपाली कांग्रेस संग कुनै पनि तालमेल नहुने सम्भावना व्यक्त गरेका राजपाका शीर्ष तहका नेताहरु अन्तिम र निर्णायक वार्ताको लागि बालुवाटारमा बसी रहेका छन् ।

श्रोतले भन्यो ‘तालमेलको कुनै उपाय नभएपछि बिमलेन्द्र निधिले आफ्नो क्षेत्रमा समर्थन दिनको लागि राजपाका नेता महंथ ठाकुर र राजेन्द्र महतोलाई हार गुहार गरि रहेका छन् ।  बालुवाटार निकट स्रोतले बताए अनुसार जनकपुरमा आफ्नो हार सुनिश्चित भएको देखे पछि बिमलेन्द्र निधिले महतोलाई सर्लाहीको ४ नम्बर क्षेत्रबाट कांग्रेसले सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

श्रोतले भन्यो ‘निधिले आफ्नो राजनीतिक जीवन बचाउन अर्का नेता अमरेशकुमार सिंहको बलि दिन पनि तयार छन् । सकेसम्म अमरेशलाई प्रदेशमा झारने अथवा राष्ट्रीय सभाको आश्वासन दिएर जसरी पनि राजेन्द्र महतोलाई धनुषा जान बाट रोक्ने भरमग्दुर प्रयास गर्दैछन् ।’  नेपाली कांग्रेस र राजपा नेपालका शीर्ष नेताहरुबीच बालुवाटारमा बैठक चलीरहंदा प्रधानमन्त्री शेरबहादुर देउबाले अमरेश सिंहलाई बालुवाटार बोलाएर सम्झाउने प्रयास जारी रहेको स्रोतले जनाएको छ ।

राजपाले बिमलेन्द्रलाई जनकपुरमा समर्थन गरेको बापत नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका सबै सदस्यहरु बिरुद्ध आफ्नो उम्मेद्वार नउठाउने आश्वासन दिएका छन् ।

प्रकाशित मिति: Oct 31, 2017

प्रतिक्रिया दिनुहोस्