Logo
२३ बैशाख २०८१, आईतबार
(October 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री सहित कांग्रेस, राजपा, फोरमका नेताहरु माओवादी केन्द्रमा प्रवेश

नेपाली कांग्रेसका नेता सुरेशचन्द्र दाससहित राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र चुरेभावर राष्ट्रिय पार्टीका नेताहरु मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रवेश गर्दै पूर्वमन्त्री दासले कांग्रेसमा रहँदा आफु गणतन्त्रको पक्षमा भए पनि गणतन्त्रको सपना माओवादीले सार्थक बनाएकाले माओवादी केन्द्रमा आएको बताए ।

मंगलबार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र प्रवेश गर्ने नेताहरुमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेशचन्द्र दास, राजपाका सर्लाही जिल्ला अध्यक्ष दिनेश राय यादव, क्षेत्रीय अध्यक्ष राजकुमार राय, क्षेत्रीय कोषाध्यक्ष सुरेश राय, संघीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष तेजनारायण राय, संघीय समाजवादी फोरम सिरहा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विनोद राय, चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष श्याम श्रेष्ठ, राजपाका नेताहरु नरेश राय, दिनेश चौधरी, सुरेन्द्र महतो, नागेन्द्र राय लगायत रहेका छन् ।

त्यस्तै, राजपाका नेता दिनेश राय यादवले देश र मधेशको कुरा गर्ने एकमात्रै पार्टी माओवादी देखेर नै आफू पार्टी प्रवेश गरेको बताए । नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाम एकताले मधेस र मधेसी जनताको अधिकारमा प्रतिकुल असर नगर्ने स्पष्ट पारे ।

प्रकाशित मिति: Oct 31, 2017

प्रतिक्रिया दिनुहोस्