Logo
७ जेष्ठ २०८१, सोमबार
(October 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा वामगठबन्धनको रोमाञ्चक माहौल : प्रचण्डलाई स्वागत गर्न एमाले नेताहरु एर्यपोर्टमा

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा चितवनमा वाम गठबन्धनको माहौल रोमाञ्चक बनेको छ । यसको एक दृश्य आज भरतपुर विमानस्थलमा देखिएको छ ।  स्थानिय तह निर्वाचनका बेला पाकिस्तान र भारत जस्तै सम्बन्ध झै देखिएका एकाले माओवादीबीच सोमवार निकै रामाञ्चक बतारण देखियो । भरतपुर आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न एमाले नेताहरु एर्यपोर्ट नै पुगेका थिए ।

‘प्रचण्ड’लाई स्वागत गर्न माओवादी केन्द्रका नेताहरुसहित एमाले चितवनका नेताहरुको पनि लामै लाइन लागेको थियो । एमालेका जिल्ला नेतादेखि जनप्रतिनिधिहरुलाई पनि लाइनमा देख्न सकिन्थ्यो । प्रचण्डलाई स्वगत गर्न एमालेका निवर्तमान जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, पुर्व सचिव विजय सुवेदीदेखि भरतपुर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु भरतपुर विमान स्थलमा पुगेका थिए । माओवादी केन्द्रका नेताहरुसँग एउटै पंक्तिमा बसेर उनीहरुले माला र खादाले दाहललाई स्वागत गरेका थिए । सो पंक्तिमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल भने देखिएनन् ।

भरतपुर विमानस्थलमा पत्रकार सम्मेलन पनि एमाले एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेका थिए । पत्रकार सम्मेलनको अध्यक्षता गरेका थिए प्रेस चौतारी चितवनका उपाध्यक्ष सुवास पण्डितले । केन्द्रबाट संयुक्त पत्रकार सम्मेलन गर्न निर्देशन आएपछि जिल्लामा पहिलो पटक यी दुई संगठनले कार्यक्रम आयोजना गरेको हो

जनताको मत लिएर आफूले राष्ट्रको नेतृत्व गर्ने

यसैबीच, अध्यक्ष ‘प्रचण्ड’ ले चितवनका जनताको मत लिएर आफूले राष्ट्रको नेतृत्व गर्ने दावी गरेका छन् । सोमबार प्रेस चौतारी र प्रेस सेन्टरले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विगतमा जेजस्तो भए पनि यसपटक आफूले चितवनबाट निर्वाचन जित्ने बताए ।

‘म चितवनकै बासिन्दा हुँ, यहाँको विकास र संमृद्धिका लागि सक्दो भूमिका निर्वाह गरेको छु’, उनले भने, ‘यहाँका जनताले आफ्नो मत दिएर मलाई राष्ट्रको नेतृत्व गर्ने अवसर दिनुहुनेछ।’ अध्यक्ष प्रचण्डले वामपन्थी गठबन्धन चुनावी जित्नका लागि बनाइएको रणनीति मात्रै नभएको बताएका छन् । एमालेसँग एकताको प्रक्रिया धेरै अगाडि बढिसेको भन्दै जुनसुकै हालतमा पनि एकता भएरै छाड्ने उनले दावी गरे ।

चितवन ३ मा माओवादी तेस्रो स्थानमा रहेको ठाउँमा कसरी जित्नु हन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले त्यो विगत भएको र अहिले अवस्था अवस्था अर्कै भएको बताए । बाँधरमुढे घटना दुःखद भएको भन्दै उनले घटनाकै भोलिपल्ट आफूले माफी मागेको बताए । उनले घटनाका दोषीलाई आफूले कारबाही गर्ने प्रतिवद्धता गरेको र पार्टीभित्र कारबाही समेत गरेको बताए ।

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्