Logo
१२ श्रावण २०८१, शनिबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्बिर भाइरल भएर चर्चामा आएकी ‘तरकारीवाली’ ले सुरु गरिन् फिल्मी यात्रा

एक वर्षअघि सामाजिक सञ्जालमा तस्बिर भाइरल भएर चर्चामा आएकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले चलचित्र ‘लम्फू’ मा अभिनय गरेकी छन् ।

चलचित्रमा आफूले निर्वाह गरेको भूमिकाबारे भने उनले केही बताउन चाहिनन् । ‘दर्शकले हलमा गएपछि मात्रैै मेरो भूमिकाबारे जानकारी पाउनुहुनेछ । अहिले नै सबै कुरा खुलाउन चाहन्नँ’, कुसुमले भनिन् ।

एक दर्जन जति चलचित्र, उत्तिकै संख्यामा म्युजिक भिडियो, विज्ञापन, मोडलिङ तथा सरकारी तवरबाट पनि धेरै अफर आएको श्रेष्ठले बताए ।

चलचित्रमा अभिनय गर्ने सोच नभए पनि ‘लम्फू’ युनिटको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्रीसम्म निःशुल्क शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेका कारण उनले अभिनय गरेको श्रेष्ठले बताए ।

शक्तिवल्लभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’ मा कविर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल, सञ्जित भण्डारीलगायतका कलाकारको अभिनय छ ।

 

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्