Logo
७ जेष्ठ २०८१, सोमबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा लोकतान्त्रिक गठबन्धनबाट बाहिरिने संकेत

राप्रपा लोकतान्त्रिक गठबन्धनबाट बाहिरिने संकेत देखिएको छ । सिट बाँडफाँटमा नेपाली कंग्रेससँग सहमति हुन नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लोकतान्त्रीक गठबन्धन छाड्ने संकेत देखिएको हो ।

१ नम्वर प्रदेशको झापा ३ मा राप्रपालाई समर्थन गर्ने गठबन्धनदलबीच भएको सहमति विपरित कंग्रेसले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धनमा बस्नुको औचित्य नभएको राप्रपाका महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले बताए ।

राप्रपाले गठबन्धनबाट बाहिरिएको औपचारिक घोषणा केहीदिनभित्रै गर्ने महामन्त्री लिङदेनको भनाई छ । कंग्रेसले समानुपातिकको सूचीमा राखिएका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समानुपातिकबाट हटाएर झापा ३ बाट प्रतिनीधिसभामा उठाउने निर्णय गरेको छ ।

सो क्षेत्रमा राप्रपाले पनि राजेन्द्र लिङदेनलाई उठाउने तयारी गरेको छ । एउटै क्षेत्रमा दुबै पार्टीले दावी गरेपछि गठबन्धन टुटेको देखिन्छ । कंग्रेसको पछिल्लो निर्णयका कारण गठबन्धनमा बस्ने नैतिक अवस्था सकिएको भन्दै नेता लिङदेनले अबको निर्वाचनमा कंग्रेसपछि प्रतिस्पर्धी हुने बताए ।

उनले कुनैपनि बहानामा आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै अन्य शक्तिसंग तालमेलको संभावना रहेको बताए ।

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्