Logo
७ जेष्ठ २०८१, सोमबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व सांसदको विकासको नाममा गतिविधि तत्काल रोक्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले ब्यवस्थापिका संसदको कार्यकाल समाप्त भइसकेको अवस्थामा पूर्व सांदहरुले सांसद विकासको नाममा गतिविधि गरेको भन्दै तत्काल रोक्न निर्देशन दिएको छ ।

सांसदहरुकै पदाविधि नरहेको अवस्थामा पूर्व सांसदहरुको नामबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्टाइएको रकम खर्च गर्न नमिल्ने भन्दै आयोगले सो कार्यक्रम अनुसारको रकम खर्च नगरी रोक्का राख्ने व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम संसद्को कार्यकाल समाप्त भइसकेको अवस्थामा तत्कालीन सांसदहरुको सिफारिस बमोजिम सञ्चालन हुने पूर्वाधार क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम स्वतः प्रभावित हुने निर्वाचन आयोगले स्पष्ट गरेको छ ।

आयोगले पूर्व सांसदको उक्त कार्यको अनुगमन गरी योजना रद्द भएको र कोलेनिकाबाट रकम रोक्का भएको सुनिश्चितता गरी सोमवार नै प्रतिवेदन निर्वाचन आयोगमा पठाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएको छ । साथै आयोगले ७७ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा जिल्ला समन्वय समितिको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्