Logo
७ जेष्ठ २०८१, सोमबार
(October 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत: मतपत्र छपाई रोक्दै, निर्वाचन आयोग अलग-अगल मतपत्र छाप्ने निष्कर्षमा 

निर्वाचन आयोग छुट्टा छुट्टै मतपत्र छाप्ने निष्कर्षमा पुगेको छ । कानुनविद र आयोगका पदाधिकारीहरुसँग छलफल गरेर यस्तो निर्णयमा पुगेको हो । आयोगले आज कानुनविदहरुसँग छलफल गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अदालतको आदेशलाई आयोगले सकारात्मकरुपमा लिएको र सोही अनुसारनै निर्णय हुने बताए । ‘अदालतको निर्णयलाई सकारात्मकरुपमा लिएका छौं’, उनले भने, ‘अहिले हामी छलफलमा छौं चाँडै निर्णयमा पुग्छौं ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले सो निष्कर्ष निकालेको हो ।

निर्वाचन आयोगले शुक्रबारदेखि सुरु गरेको भनिएको प्रत्यक्ष तर्फको मतपत्र छपाईको काम रोकिएको जनाएको छ । सर्वोच्च अदालतले गत बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलगअलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेको थियो ।

प्रकाशित मिति: Oct 29, 2017

प्रतिक्रिया दिनुहोस्