Logo
७ जेष्ठ २०८१, सोमबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्प प्रभावित परिवारलाई आयआर्जनका लागि नगद वितरण

भक्तपुर जिल्लाको साविक चाँगुनारायण नगरपालिका–१ र नगरकोट नगरपालिका–५ का ३ सय ५९ भूकम्प प्रभावित परिवारलाई आयआर्जनका लागि नगद वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा तोकिएका क्षेत्रमा रेडक्रश शाखा भक्तपुरले भूकम्प प्रतिकार्य कार्यक्रममार्फत आयआर्जनका लागि भूकम्प प्रभावित परिवारलाई दुई किस्तामा गरी प्रतिपरिवार २० हजारका दरले वितरण गरिएको हो ।

वडा नं १ मा दोस्रो किस्तास्वरुप र वडा नं ५ मा पहिलो किस्तास्वरुप शुक्रबार रु ३५ लाख ९० हजार वितरण गरिएको नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले जानकारी दिए ।

नगद प्राप्त गर्ने भूकम्प प्रभावितले आलुलगायतका तरकारीखेती, बाख्रापालन एवं साना पसलमा लगानी गरी आफ्नो आयस्तर बढाउने काम गरिरहेको भक्तपुर रेडक्रशले जनाएको छ ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्