Logo
१२ श्रावण २०८१, शनिबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट : १४ को मृत्यु, १३ जना घाइते, अझै करिव ३० जना बेपत्ता

राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा मा मृतकहरुको संखया अहिलेसम्म १४ पुगेको छ ।

धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार पाँचजना महिला, एक जना बच्चा र अाठ जना पुरुषको शव नदीबाट निकालिएको छ ।

अझै ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा खसेको बस क्रेनबाट निकाल्ने तयारी भएको प्रमुख प्रमुख रावतले जानकारी दिए ।

…………………

राजविरावजबाट काठमाडौं आउँदै गर्दा शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसबाट ११ जनाको शव निकालिएको छ ।

राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ न्मबरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो ।

बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ४ महिला र ७ पुरुषको शव निकालेहो हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् । घाइते मध्ये ४४ वर्षीय दुर्गानन्द चौधरी र उनका १७ वर्षीय छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले घाइतेमध्ये २ जनालाई काठमाडौं लगिएको बताए । उनका अनुसार बाँकी १३ जनालाई गजुरी अस्पतालमा उपचारको लागि पठाइएको छ ।

उनले भने, ‘बसमा कति यात्रु थिए भन्ने यकिन भएन । घाइतेहरुलाई सोध्दा करिव ५० जना रहेको बताए ।’ गजुरी अस्पतालमा उपचार गरिरहेका यात्रुका अनुसार बसको छतमा समेत यात्रु खचाखच थिए ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्