Logo
७ जेष्ठ २०८१, सोमबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यन्तै संकट अवस्थामा निर्वाचन अर्नगल प्रचारवाजी नगरिदिनुहोस् : यादव

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यावदले अत्यन्तै संकट र संवेदनशील अवस्थामा रहेको निर्वाचन आयोगका बारेमा अर्नगल प्रचारवाजी नगर्न सबैलाई आग्रह गरेका छन् । निर्वाचन सुरक्षासम्बन्धी सुरक्षा निकायका पदाधिकारीसँग शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यावदले निर्वाचन सम्बन्धमा देखिएको अनिश्चिततालाई निश्चिततामा बदल्ने अभियानमा आयोग कटिबद्ध रहेको बताए ।

प्रदेशसभा र प्रतिनिधिसभाका आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचन स्वतन्त्र, निष्पक्ष सम्पन्न गराउने सवालमा आयोग सचेत रहेको भन्दै उनले निर्वाचनलाई अनिश्चितता तर्फ धकेल्ने किसिमका प्रचारवाजी नगर्न आग्रह गरेका हुन् । व्यवस्थापकिय र प्राविधिक दृष्टिले ज्यादै जटिल परिस्थितिमा रहदा रहदै पनि आयोगले मुलुकको आवश्यकता राजनीतिक दल र नागरिकको चाहाना अनुसार निर्वाचन गराउने अभियानमा जुटेको भन्दै उनले त्यस कार्यमा राष्ट्रिय सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।

मतपत्र छपाई लगायत कारणले निर्वाचनमा देखिएको अन्यौलता निर्वाचन आयोगको आफ्नै व्यवस्थापकिय कमजोरीका कारण भएको टिप्पणी राजनीतिक दलहरुबाटै हुँदै आएको छ । पछिल्ला केही दिनमा यिनै विषयमा आएका समाचार र टिप्पणी प्रति लक्षित गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमाथि शंका नगर्न आग्रह गरे । उनले निर्वाचनन आयोगको आलोचना गर्ने तथा निर्वाचनको वातावरण अस्थिर बनाउने काम नगर्न पनि अपिल गरे ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्