Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा T-२० क्रिकेट च्याम्पियनयसिप हुने, कात्तिक १८ सम्म टिम दर्ता

पोखरामा खुला टी ट्वान्टी क्रिकेट च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलाडी करण केसीको नेतृत्वमा हालसालै संगठित संस्था राइजिङ पोखरा क्रिकेट एकेडेमी र विजयपुरको योङ स्टार क्लबले पहिलो पटक च्याम्पियनसिप गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

कात्तिक २१ देखि २५ गतेसम्म पोखरा रंगशाला र नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा पोखरा लेखनाथ खुला टी ट्वान्टी क्रिकेट च्याम्पियनसिप प्रतियोगिता हुने भएको हो ।

नेपालमा क्रिकेट लोकप्रिय बन्दै गए पनि क्यानको विवादले अझै प्रगति हुन नसकेको अवस्था यस्ता प्रतियोगितामार्फत जिल्ला जिल्ला खेलाडी उत्पादन गर्न यस्ता प्रगियोगिताले सहयोग पु¥याउने एकेडेमीका अध्यक्ष केसीले बताए ।

प्रतियोगितामा देशभरका सबै खेलाडीले भाग लिन पाउने छन् । नकआउट चरणमा खेलाइने प्रतियोगितामा कम्तिमा १६ टिक सहभागी हुने प्रतियोगिता संयोजक सुमित शेरचनले बताए ।

च्याम्पियनसिपको उपाधि जित्नेले १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन्। उपविजेता टिमले ५४ हजार ३ सय २१ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने म्यान अफ दी सिरिजमा म्यान अफ दी म्याच, बेस्ट बलर, बेस्ट ब्याट्स् म्यानले ५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी, मेडल प्राप्त गर्ने विजय भुजेलले जानकारी दिए ।

प्रतियोगिता खेल्न प्रत्येक टिमले १ हजार रुपैयाँ दिएर नाम दर्ता गराउनु पर्नेछ । कात्तिक १८ गतेसम्म टिम दर्ता गर्ने समय तोकिएको छ । प्रतियोगिता गर्न ६ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्