Logo
१२ श्रावण २०८१, शनिबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक गठबनधनमा सामेल नयाँशक्तिको छुट्टै प्रतिवद्धतापत्र

वाम गठबन्धनबाट बाहिरिएर नेपाली कांग्रेससँग तालमेल गरी चुनावी मैदानमा होमिएको नयाँ शक्ति पार्टीले छुट्टै प्रतिवद्धतापत्र तयार गरेको छ । आर्थिक सम्वृद्धिका लागि पाँच स को नारा दिँदै आएको नयाँ शक्तिले दुई छिमेकीसँग रेलमार्ग जोड्ने बताइरहेका ठूला पार्टीलाई चुनौती दिँदै केवलकार विस्तार गर्ने योजना अगाडि सारेको छ ।

खासगरी गोरखा २ मा माओवादी केन्द्र र एमाले नयाँ शक्तिलाई छोड्न तयार नभएपछि बाबुराम भट्टराईले वाम गठबन्धन परित्याग गरी कांग्रेससँग तालमेल गरेका हुन् । तालमेल अनुसार कांग्रेसको समर्थनमा भट्टराई आफैं आँखा चुनाव चिन्ह लिएर गोरखा २ बाट उम्मेदवार बनेका छन् भने उनको पार्टीले क्षेत्र नम्बर १ मा कांग्रेसलाई सहयोग गर्नेछ ।

नयाँ शक्तिले रोल्पाको थवाङवाट डोल्पाको दुनै, पोखराबाट जोमसोम, उदयपुर–ओखलढुङ्गा, धनकुटा–खाँदबारीसम्म केवलकार बनाउने उल्लेख छ । शुक्रबार सार्वजनिक गरिने प्रतिबद्धतापत्रमा नयाँ शक्तिले ‘सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान’ भन्ने नारा तय गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने नयाँ शक्ति पहिलो पार्टी हुनेछ ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्