Logo
७ जेष्ठ २०८१, सोमबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम गठन्धनले कांग्रेस होइन एमाले र माओवादी नै सिद्धिने चेतावनी

नेपाली कांग्रेसले वाम गठवन्धनमा आवद्ध नेकपा एमाले र माओवादी सिद्धिने चेतावनी दिएको छ । वाम गठन्धनमा कांग्रेसलाई सिद्धाउने नियत लुकेको दावी गर्दै कांग्रेसले उल्टै एमाले र माओवादी सिद्धिने चेतावनी दिएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँडले भने- पञ्चायतले कांग्रेस सिध्याउँछु भन्दाखेरि कांग्रेस सिद्धिएन, लोकतन्त्र सिद्धिएन, पञ्चायत सिद्धियो ।

उनले वाम गठवन्धन कांग्रेसका लागि अवसर र चुनौति दुवै भएको उनले बताए । उनले भने, ‘हिजो राजतन्त्र समाप्त गर्ने हामीलाई अवसर मिल्यो । आज नेपालका कम्युनिष्टहरु निरंकुश हुने क्रममा अघि बढ्दाखेरि उनीहरु समाप्त हुने दिन आइसक्या छ ।’ खाँडले निर्वाचनमा नेपाली जनताको साथ पाउने र कांग्रेसको पूर्ण बहुमत आउने विश्वास व्यक्त गरे ।

राजाले कांग्रेस सिध्याउँछु भन्दाखेरि राजतन्त्र सिद्धियो । आज एमाले र माओवादीले कांग्रेस सिध्याउँछु, लोकतन्त्रलाई सिध्याउँछु, संसदीय व्यवस्थालाई उल्टाउँछु भन्दाखेरि संसदीय व्यवस्था उल्टिन्न, लोकतन्त्र सिद्धिन्न, कांग्रेस सिद्धिन्न, सिद्धिन्ने पालो एमाले र माओवादीको आएको छ ।

 

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्