Logo
२ जेष्ठ २०८१, बुधबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बाहुबली’ भनिएका गफार अन्सारी हरिनगराका जनताबीच ‘लोकप्रिय नेता’ बन्दै

  • टोमराज मेहता,

५ ओटा गाविस मिलेर बनेको सुनसरीको हरिनगरा गाउँपालिका अध्यक्षमा निर्वाचित गफार अन्सारी यतिबेला जनताबीच लोकप्रिय बन्न थालेका छन् । बाहुबली मुस्लिम नेताका रुपमा प्रसिद्ध उनी पछिल्लोपटक जनप्रिय कामकार्यका कारण उनी हरिनगराका जनताबीच लोकप्रिय बन्न थालेका हुन् ।

उनी यसअघि तत्कालिन संविधानसभाको निर्वाचनमा हाल संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई निकै कडा टक्कर दिएका थिए भने यादव झिनो मतले जित हासिल गरेका थिए । हरिनगरा गाँउपालिकामा उनि फोरमका उम्मेदवार हेमनारायण मेहतालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

अन्सारी तत्कालिन रामनगर भुटाहा गाविसका उपाध्यक्ष हुन् भने मेहता तत्कालिन गौतमपुर गाविसका अध्यक्ष हुन् । हाल रामनगर भूटाहा गाविस सहित गौतमपुर, बसन्तपुर, हरिनगरा र घुस्की समेतलाई मिलाइएर गरिनगरा गाँउपालिका बनाइउको हो । अन्सारीको उममेदवारी पर्दा मुस्लिम हिन्दुसम्मको चर्चा फैलिएको थियो । तर अन्सारी निर्वाचत भएर जनमैत्री कार्य गर्न थादेपछि हिन्दु मुस्लिमको चर्चा आपसे आप हराएका हुन् ।

हरिनगरा गाउँपालिकाका अध्यक्ष अन्सारीले आफू निर्वाचनको समयमा जनतासंग गरेको बाचाहरु काम मार्फत गरेर देखाउने अठोट लिएको बताए । ‘अरु नेता जस्तो निर्वाचनमा बोलेर भोट लिने अनि निर्वाचन सकिएपछि बोलेको कुरा पूरा नगर्ने, म त्यस्तो नेता होइन ।’ उनि भन्छन् ‘म बोलेको कुरा जनतासंग खाएको कसम ढिलो चाडो काम मार्फत देखाउनेछु । मलाई जसरी जनताले स्थानीय निर्वाचनमा विजय बनाए त्यसैगरी म जनताको कामकार्य गर्न अग्रसर रहेको छु ।’

उनी भन्छन् ‘म सबै संग समान तरिकाबाट समान व्यवहार गर्दै कुनै भेदभाव न गरिकन जनमैत्री कामकार्य गर्न अग्रसर रहेको छु । उनले भने अहिले पनि मलाई बद्नाम गर्ने प्यासहर हुदैछ, केहि समुहले हिन्दु र मिस्लिमसम्मको आरोप लगाइदैछ , तर त्यस्तो कार्यप्रति निन्दा म कामले गर्ने छु ।’

अन्सारी एक शत्तिशाली युवा नेता हुन भन्दै स्थानिय भनछन् उनको आरोपमा जति चर्चा गरिएको थियो उनि त्यतिकै फरक त्वरबाट जनमैत्री कार्य गर्दैछन । हरिनगराका उक बासिन्दा तथा स्थानिय समाजसेवी सत्यनारायण मेहताले गफार अन्सरीको अहिलेसम्मको कामकार्य जनमैत्रीमुलक देखिउको बताए ।

उनकोबारेमा जति नाकारात्मक चर्चा फैलाइएको थियो त्यो भन्दा फरक त्वरबाट उनले जनमैत्री कामकार्य गर्दैछन् । ‘उनलाई काम गर्न युवाहरु सहयोगी हातको आवश्यक पनि छ, जनताको समस्यामा भिजेकोले जनताको समस्याको पहिचान गरि समाधान पनि गरेका छन् ।’ उनले भने ‘अध्यक्ष अन्सारीको नाकारात्मक भ्रम अन्सारीले आफ्ना जनमैत्री कामकार्यले नै चिर्नेछन् र उनकालागि यो उक मोका पनि हो ।’

सुनसरी दक्षिणीभेगबाट पत्रकारिता सुरु गर्दै हाल अन्तराष्ट्रिय स्तरका एक वरिष्ठ पत्रकारका रुपमा कृयाशिल वीरेन्द्र केएमले गफार अन्सारीकोबारे फैलाइएको नाकारात्मक चर्चा उनले आफनो कामबाट नै साकारात्मक गनुपर्ने बताए । उनले भने ‘अन्सारी दक्षिणी भेगका एक बहुचर्चित नेता हुन र नेता भएका कारण राजनीतिक रणनीति अनुरुप उनी विरुद्ध बिभिन्न नाकारात्मक धारणाहरु बन्नु बनाइनु सभाभिक नै हो तर उनले यी सबै किसिमका कामकार्य आफ्ना छविबाट नै दिनुपर्छ ।’

अन्सारीले निर्वाचनको समयमा जारी गरेको घोषणापत्र अनुसार अहिले उनी सिंगो गाँउपालिकालाई मदिरा मुक्त गपा बनाउन रातोदिन लागिपरेको बताए । ‘पुरै हरिनगरा गाउँपालिका एउटा सुन्दर स्वर्ग जस्तै ग्रामिण क्षेत्र हुनेछन् र हरिनगरा मदिरा निषेधित क्षेत्र बनाइने छ ।’ उनले भने ‘कानुुनी ओझेलका कारण अहिलेसम्म मैले यो वाचा पुरा गर्न सकिरहेको छैन् तर प्रयासरत रहेको छु ।’

उनले भने हरिनगरालाई सुन्दर र हराभरा बनाउनका लागि रिङरोड बनाएर इनरुवा, बिराटनगरसंग जोड्ने कार्यमा प्रयासरत रहेको छु । उनले भने म बढी तड्कभड्मा छैन हरिनगराको मुहार फेर्न र यो क्षेत्रकै नमुना गाउँपालिका बनाउन म प्रयासरत रहेको छु । जनतालाई बिकास चाहिएको छ, र म छिटो भन्दा छिटो विकाश गरेर देखाउने छु ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्