Logo
७ जेष्ठ २०८१, सोमबार
(October 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण सरकारले छठका लागि दिए दुईदिनको बिदा

चौतर्फी दवाब र मागपछि सरकारले छठ पुजाका लागि २ दिन सरकारी बिदा कायम गर्दै थप एक दिनको बिदा दिइएको छ । यसअघि सरकारले छठ पुजाका लागि १ दिन मात्र सरकारी बिदा दिदै आएको थियो ।

तर पछिल्लो पटक तराई मधेश राष्टिय परिषद TMNC ले २ दिन बिदा माग गर्दै लिखित रुपमा पत्र लेखेको थियो । गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । यो निर्णाय पछि TMNC ले सरकार प्रति आभार समेत ब्यक्त गरेको छ ।

छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला सरकारले थप एक दिन बिदा दिएको हो ।

सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो । पत्रकार वीरेन्द्र केएम लगायतले छठको बिदा बढाउनुपर्ने सार्वजनिक रुपमा माग गरेका थिए ।

TMNC धन्यवाद ज्ञापन जस्ताको त्यस्तै :
हामी अस्ति देखि नै छठमा दुई दिनको विदाको लागि प्रयासरत थियौ । यसमा यस TMNC परिवारको सम्पुर्ण स्वमसेवकहरुको सक्रिय योगदान रह्यो । साथ साथै यस अभियानमा हामी आम मधेसीजन, युवा, विद्यार्थी र संचारकर्मीबाट ठूलो साथ र समर्थन प्राप्त भयो । यसै क्रममा हामी केही राजनीति दल र नेताहरूबाट अपेक्षित सहयोग पाइयो ।

यो अभियानलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौ । विशेष रुपमा हामी चारै तिरबाट निराश भइसकेको अवस्थामा विदाको लागि पहल गरिदिनु भएका कांग्रेस पार्टीका कोषाध्यक्ष श्रीमती सिता देवी यादब र हाम्रो अनुरोधमा विदाको लागि औपचारिक रुपमा प्रधानमन्त्री कार्यलयलाई पत्र लेखेर सहयोग गरेका राजपा पार्टीलाई विशेष धन्यवाद दिन चाहन्छौ । यसमा श्रीमती सितादेवी यादब ज्युको विशेष योगदान रह्यो । वहाले हामीलाई आफै सम्पर्क गरि प्रगति बारेमा अवगत गराउनु भएको थियो ।

पत्रकार वीरेन्द्र केएमको स्टाटस :

प्रकाशित मिति: Oct 26, 2017

प्रतिक्रिया दिनुहोस्