Logo
१२ श्रावण २०८१, शनिबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेमकिपालाई पनि चुनावी तालमेलमा आउन एमालेको आह्वान

नेकपा एमालेले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ ।

प्रेस चौतारी नेपाल भक्तपुरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गरे ।

एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे ।

एमालेका युवा नेता बस्नेतले एमालेसँग चुनावी तालमेल गर्न नेमकिपासँग एमालेले पटक पटक आग्रह गरेको छ, अहिले पनि हामी तालमेलमा आउन आह्वान गर्ने बताए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो पहलमा रु पाँच अर्बको विकास बजेट भक्तपुरमा भित्र्याइएको जिकिर गर्दै उहाँले ती रकमले विकासका काम निरन्तर भइरहेको बताए ।

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्