Logo
१२ श्रावण २०८१, शनिबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आसन्न निर्वाचनमा भारतको पूर्ण सहयोग र साथ रहने

भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भारतको पूर्ण सहयोग र साथ रहने बताएका छन् । नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको भन्दै उनले भने, भारतप्रति नेपालले कहिल्यै शंकागर्नु हुँदैन ।’

वाम गठबन्धन चुनावका लागि मात्र भएको र उसलाई भारतले पनि सहज रुपमा लिएको उनले दाबी गरे । मंगलबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा निवर्तमान राजदूत उपाध्यायले भने, अरुलाई शंका गर्नु हुँदैन । आफ्नो अभिभारा नेपाली आफैंले लिनुपर्छ, चुनाव गर्ने जिम्मेवारी हाम्रो हो ।’

कांग्रेस नेता समेत रहेका उपाध्यायले राजनीतिमा र्फकन कूटनीतिक जिम्मेवारीबाट विश्राम लिएको बताए । राजदूतबाट आफूले दिएको राजीनामा सोमबार मात्र स्वीकृत भएको न्दै उनले पूनः राजनीतिमा नै सक्रिय हुन नैतिक बन्धनबाट खुल्ला भएको महशुस आफूले गरेको उनले सुनाए ।

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्