Logo
१२ श्रावण २०८१, शनिबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर १० र २१ गरी दुवै चरणको निर्वाचनपछि मात्र मतगणना हुने

दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने भएको छ । मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि र ७४ सिटका लागि प्रदेश सभाको निर्वाचन र त्यसपछि मंसिर २१ गतेपछि हुने दोस्रो चरणको निर्वाचनपछि मात्रै सबै मतगणना एकै पटक हुने भएको हो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा गराएपनि मतगणना भने निर्वाचन सकिएलगत्तै गराएको थियो । तर, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पहिलो चरणको निर्वाचनको मतपरिणामले दोस्रो चरणको निर्वाचन प्रभावित हुने सक्ने आयोगको ठहर छ ।

आयोगले त्यही विश्लेषणसहित मंसिर १० मा ३२ जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि मंसिर २१ को दोस्रो चरणको निर्वाचनपछि मात्रै मतपेटिका खोलेर गणना गर्ने निर्णय लिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दुवै चरणको निर्वाचनपछि मात्रै मतगणना सुरु गरिने बताए ।प्रवक्ता ढकालले निर्वाचन कार्यतालिकाका स्वीकृतिसँगै ३२ जिल्लाकै जिल्ला निर्वाचन कार्यालयहरुलाई सर्कुलर गरिसकिएको बताए ।

आयोगका अनुसार मंसिर १० मा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मतपेटिकाको सुरक्षा नेपाल प्रहरीले गर्नेछ । मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख र नियन्त्रणभित्रै मतपेटिकाको सुरक्षा प्रहरीले गर्ने आयोगले जनाएको छ ।

प्रहरीको सुरक्षा घेराभित्र मतपेटिका राख्दा सुरक्षित हुने भएकाले दोस्रो चरणमा मंसिर २१ को निर्वाचनपछि मात्रै गणनाका लागि मतपेटिका सम्बन्धित जिल्लाको केन्द्रमा पुर्‍याइने छ ।

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्