Logo
६ जेष्ठ २०८१, आईतबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीलाई थप जिम्मेवरी : गृहको जिम्मा मोहन बस्नेत र परराष्ट्र ज्ञानेन्द्र कार्कीलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै गृह र परराष्ट्र मन्त्रालय आफू मातहत राखेका प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई नयाँ जिम्मेवारी दिएका हुन् ।

उनले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको समेत जिम्मेवारी सुम्पिएका छन् । यस्तै, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

पछिल्लो पटक राप्रपालाई सरकारमा सहभागी गराएपछि असोज ३१ मा प्रधानमन्त्री देउवाले कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

 

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्