Logo
४ जेष्ठ २०८१, शुक्रबार
(October 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईसी एसिया बैकबाट करोडौं गायब, ग्राहकमा त्रास

काठमाडौस्थित एनआइसी एसिया बैंकको पासवर्ड ह्याकिङ भएको छ । ह्याकरले बैंकको पासवर्ड ह्याक गरी ३० करोड बढि रकम विदेश टान्सर्फर गरेको समाचार बाहिर आएको छ । ह्याकरहरुले नेपालका बाणिज्य बैकहरुलाई निसाना बनाउन थालेका छन् । मुलुककै प्रतिष्ठित बाणिज्य बैक एनआईसी एसियाको ३० करोड रुपिया ह्याकरले ह्याक गरेको रहस्य बाहिर आएपछि बैंक तथा ग्राहकहरुमा त्रास फैलिएको छ ।

ह्याकरले लक्ष्मी पूजाका दिन बैैंकबाट रकम ट्रान्सफर गरेको बुझिएको छ । करोडौ रकम ह्याकरले कहाँ र कुन देशमा लगेर जम्मा गरेको छ भन्ने बारेमा अहिलेसम्म पनि खुलेको छैन् । अहिले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । लक्ष्मी पुजाको दिन बेलुकी बैंकका हिसाव दुरुस्त भएको रिपोर्ट पेश गरेपनि आईतबार बिहान बैकको सिष्टम हेर्दा ३० करोड रुपियाँ नदेखिएपछि बैंकमा खैलाबैला मच्चिएको हो ।

बैंकले रकमको खोजीगर्ने कामलाई तीव्रता दिइरहेको बेला उक्त रकम अन्तराष्ट्रिय ह्याकरहरुले ह्याक गरेको पत्ता लागेको बताइएको छ । बैकबाट उक्त रकम ह्याक भएपछि बैकका सूचना प्रबिधि बिज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भएपनि अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर बिदेशमा रहेको बैकमा ट्रान्सफर गरेको बुझिएको छ ।

रकम ह्याक भएपछि बैकले स्थानीय फरेन्सिक बिज्ञको सहयोगमा अनुसन्धान गरिहेको बैंकले जनाएको छ । बैकले अन्तरदेशीय बैकिङ कारोबार रकममात्रै ह्याक भएको बताएपनि उक्त बैकमा पैसा राख्ने ग्राकहहरु भने अहिले अलतालिन थालेका छन । बैकले जनताको रकम ह्याक नभएको बताउँदै आएको छ ।

बैकबाट रकम ह्याक भएको खवर पाएको नेपाल प्रहरीको बिशेष ब्युरो, केन्द्रिय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलीले छुट्टा छुट्टै रुपमा अनुसन्धान शुरु गरेको छ । बैंकले पटक पटक ग्राहकको रकम सुरक्षित भएको जनाएको छ ।

बैंकले आफ्ना एकसय ३३ वटै शाखा राम्ररी चलेको बताएको छ । सबैमा ग्राहकले सजिलैसँग पैसा राख्नु र झिक्नु भएको छ । कहीँ पनि समस्या छैन । बैंकले ग्राहकबर्गलाई थप स्पस्ट पार्नको लागि कुनै पनि खाताबाट कसैको पनि एक रुपैयाँ पनि यताउता नभएको प्रष्ट पारेको छ । बैंकको विदेशी बैंकको खातामा रहेको पैसा केही गढबडी भयो कि भन्ने शंका मात्रै गरेको जनाएको छ ।

प्रकाशित मिति: Oct 23, 2017

प्रतिक्रिया दिनुहोस्