Logo
७ जेष्ठ २०८१, सोमबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रिय र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी 

आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि र प्रदेश सभाका लागि विभिन्न दलहरुले आइतबार उत्साहपूर्णरुपमा मनोनयन दर्ता गराएका छन् ।

हिमाली भेगका ३२ जिल्लाहरुमा भएको उम्मेदवारी दर्तामा प्रतिनिधिसभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।

प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि पहिलो चरणमा निर्वाचन हुँदैछ । निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।

प्रकाशित मिति: Oct 23, 2017

प्रतिक्रिया दिनुहोस्