Logo
७ जेष्ठ २०८१, सोमबार
(October 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अहिले देउवाजीलाई जे-जे गर्न मन लाग्छ गर्न दिनोस् यसपछि जताजतै हाम्रै सरकार हुन्छ ।’

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमार्फत संसदमा नेकपा एमाले बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेका छन् । ‘केहि समयलाई न हो देउवाजीलाई जे-जे गर्न मन लाग्छ गर्न दिनोस् यसपछि जताजतै हाम्रै सरकार हुन्छ ।’ ओलीले भने ‘अहिले हामी चुनावी तयारीमा लागौं, अन्यत्र आखाँ नलगाऔं’ उनले अवको २ महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने पनि बताए ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अग्रभागमा रहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दावी गरे ।

हालै सम्मपन्न २ नम्बर प्रदेशको स्थानीय चुनावको परिणामप्रति एमालेलाई चित्त नबुझेपनि बिपक्षीले चलाएको हल्ला जस्तो नभएको बताए । ‘एमालेसँग विचार, नीति, संगठन र जनताको विश्वास छ, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा एमाले छ । त्यहि भएर जनताले विश्वास गरेका हुन् । एमालेलाई जनताले विश्वास गरेपछि कांग्रेस किन नआत्तिओस ?’ ओलीको भनाई थियो ।

उनले युवाहरुकै कारण एमाले जनताको पार्टी बन्न सफल भएको भन्दै युवाहरुलाइ बधाई पनि दिए । आफु र माधव नेपाललगायतका नेताहरुले जेलनेल भोगेर एमालेलाई यहाँसम्म ल्याइपुर्याएको स्मरण गरेका अध्यक्ष ओलीले देशको प्रमुख पार्टी एमाले बनेकोमा सवैले गर्व गर्नुपर्ने बताए । ‘युवाहरुको भविश्य, देश र भविश्यका लागि सर्वाधिक चिन्तन गर्ने पार्टी एमाले हो’ अध्यक्ष ओलीको भनाई थियो ।

उनले एमाले पार्टी अरु पार्टीसँग तुलाना नै गर्न नहुने बताए । स्थानीय निर्वाचनमा १४ हजार ९८ जना एमालेबाट निर्वाचित भएको तथा कांग्रेसले भन्दा एक लाख बढि मत ल्याएकाले कांग्रेस डराएको बताए । कार्यक्रममा एमाले नेता माधव कुमार नेपालले नोपली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भिर नभएको बताए ।

नेता नेपालले अवाश्यक्ता र पार्टी हितमै माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको भन्दै मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउँन आग्रह गरे । कांग्रेसका पछिल्ला गतिविधिप्रति सर्तक रहनुपर्ने भन्दै नेता नेपालले निर्वाचन नगर्न सरकारमा नयाँ गठबन्धन बनिरहेको बताए ।

उनले सर्वदलीय सरकार गठन गर्न प्रयास गर्नुपर्ने बेलामा माओवादीका मन्त्री हटाउन दवाव दिएर कांग्रेस र प्रधानमन्त्रीले लोकतन्त्रको खिल्ली उडाएको बताए । कार्यक्रममा कंग्रेस तनहुका नेता माधव पन्त लगायत काठमाडौका केही खेलाडीहरु एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Oct 17, 2017

प्रतिक्रिया दिनुहोस्