Logo
१२ श्रावण २०८१, शनिबार
(September 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न बेंकको कालोसूचीमा परेका उद्यमी ढकालले सर्वोच्चलाई चुनौती दिए

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा चलिरहे पनि पूर्व अध्यक्ष चण्डी ढकालले किशोर श्रेष्ठका लागि भोट मागेका छन् । कसैले बोल्न र लेख्न नपाउने विचाराधीन मुद्दामा चण्डीले आचारसंहिता उल्लंघन गरेका हुन् ।

उद्योग संघ मोरङको सभाहलबाटै चण्डी ढकालले किशोर श्रेष्ठको लागि भोट मागेपछि उद्यम र कानुनी क्षेत्रमा हल्लीखल्ली भएको छ ।

संघका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय चुनाव लड्न गएपछि खारेज पदमा मुद्दा परेको हो । चण्डीले सर्वोच्चले चुनावकै पक्षमा फैसला गर्ने अनुमान समेत सार्वजनिक गरिदिएका छन् ।

यो मुद्दाको फैसला असोज २४ गते हुने मिति तोकिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासमेत किशोर श्रेष्ठकै पक्षमा उभिएकी थिइन् र चण्डीले बोल्दा साक्षी थिइन् ।

त्यसो त चण्डी ढकाल विभिन्न बेंकको कालोसूचीमा परेका उद्यमी हुन् । उनी पूर्व अध्यक्ष भएको र वर्तमान अध्यक्षले साथ दिएका कारणले टाउको उठाएर हिड्न पाएका छन् ।

प्रकाशित मिति: Sep 15, 2017

प्रतिक्रिया दिनुहोस्