Logo
१२ श्रावण २०८१, शनिबार
(September 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल IME बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा नियुक्त

जनक शर्मा पौड्याल

ग्लोबल आइएमई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनमा दिएपछि बुधबार बसेको सञ्चालक समितिको बैठकले कामु कार्यकारी अधिकृतको जिम्मा शर्मालाई दिएको हो।

सञ्चालक सुमन पोखरेलका अनुसार शर्मा ग्लोबलको डेपुटी सिइओमा कार्यरत थिए। सञ्चालक पोखरेलले बैकले प्रमुख कार्यकारी अधिकृत आन्तरिक प्रमोशनका आधारमा नियुक्त गर्ने तयारी गरेको जानकारी दिए।

त्यस्तै सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० बोन र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। समितिले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले उक्त आर्थिक वर्षमा दुई अर्ब ६१ लाख मुनाफा गरेको सञ्चालक समितिले जनाएको छ।

१ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल १११ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउन्टर तथा ४६ शाखारहित बैंकिङ्ग सेवाबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: Sep 14, 2017

प्रतिक्रिया दिनुहोस्