अब ह्वाट्सएपमा आयो नयाँ फिचर ‘डिलिट फर एभ्रिवान’
विश्वभरी लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपका प्रयोगकर्ताले जुन फिचरको व्यग्र प्रतीक्षा गरिरहेका थिए ह्वाट्सएपले सोही फिचर थप गर्ने भएको छ । ह्वाट्सएपले छिटै नै एन्ड्रोइड तथा आइओएसमा एउटा बटन थप गर्नेछ, जसको नाम हुनेछ Delet for Everyone ।
इन्डिपेन्डेन्टमा छापिएको खबर अनुसार यो फिचर थप भएसँगै प्रयोगकर्ताले ती मेसेज, भिडियो, फोटो, अडियो, जिआइएफ वा डकुमेन्ट फाइलहरु जसलाई पठाइएको हो ऊ सम्म नपुग्दै डिलिट गर्न सक्नेछन् । तर मेसेज पठाइएको ५ मिनेटभित्रमा प्रापकले नहेर्दै त्यसलाई डिलिट गरिसकिएको हुनुपर्नेछ ।
ह्वाट्सएप बेटा इन्फो नामक वेबसाइटका अनुसार ह्वाट्सएपले उक्त फिचरको परीक्षण गरिरहेको छ । उक्त साइटले टि्वटरमा पोष्ट गरेको छः ह्वाट्सएपले अन्ततः Delet for Everyone फिचर परीक्षण गरिरहेको छ । सर्भरले अन्तिम चरणकेा काम गरिरहेको छ र सफलतापूर्वक पठाइएका मेसेजको रिकल गरिरहेको छ । यो फिचर छिटै नै सक्रिय गरिनेछ ।
ह्वाट्सएपले यसअघि आफ्नो बेटा भर्सनमा पठाइसकिएको मेसेज इडिट गर्न सकिने फिचरको पनि परीक्षण गरिरहेको थियो । तर त्यसलाई पछि बन्द गर्यो । स्मरण रहोस् विश्वमा १ अर्ब २० करोड ह्वासएप प्रयोगकर्ता रहेका छन् । हालै उसले बिजनेस नामक फिचर लञ्च गरेको छ जसको माध्यमबाट कम्पनीहरुले प्रयोगकर्तासँग र प्रयोगकर्ताले कम्पनीहरुसँग सम्पर्क गर्न सक्नेछन् । #एजेन्सी