Logo
१२ श्रावण २०८१, शनिबार
(September 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिकमका भ्रष्टहरु थर्कमान : सञ्चारमन्त्रीहरुलाई खुसी परेर फाइदा लिने टोली सक्रिय 

नेपाल टेलिकमको फोरजी सेवा असफल पार्न गिरोह सक्रिय छ । त्यही गिरोहले प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई घेराबन्दीमा पारेको छ । अबौं खर्च गरेर वितरीत ठेक्का पनि समयमा सम्पन्न भएका छैनन् । सञ्चारमन्त्रीहरुलाई खुसी परेर फाइदा लिने टोली सक्रिय छ ।

हिजो जाँडका बोतल र पैसाका खाम पाएपछि बोलेका कुरा बिर्सने माओवादीका सुरेन्द्र कार्की, कांग्रेस डा.मिनेन्द्र रिजालको चरित्रभन्दा मोहन बस्नेत बोल्नमा हकी, काम गर्न स्पष्ट र अनुगमनमा खटेर निकै चर्चामा छन् । देशको सञ्चार जगतमा फड्को मार्न सघाउने नेपाल टेलिकमलाई सुधार गर्नेभन्दा बिगार्ने प्राविधिकहरु धेरै छन् ।

वायुसेवा निगम डुबाउने त्यहीका पाइलट र प्राधिकरणहरु भए जस्तै टेलिकम डुबाउनेहरु त्यही छन् । टेलिकमका प्राविधिकहरुले एनसेललाई प्राविधिक सहयोग गरेका छन् । कमिसनको लाभमा त्यहाँको सामान खरिद गर्दा ठेकेदारहरुको स्तरीयता नहेर्ने कमसल सामान भित्र्याउने काम मार्केटिङका अमूल प्रधानको गिरोहले गरेको छ ।

एउटा महिला प्राविधिकले पनि टेलिकम हाँक्न सक्ने विश्वास लिएर माओवादीकै सहयोगमा कामिनी राजभण्डारीलाई कार्यकारी निर्देशक बनाइयो । तर, राजभण्डारी आफैँ टेलिकममै भ्रष्ट गिरोहको जालबाट उम्कन सकिनन् । राजभण्डारीलाई घेराउमा राखेर लुट्नेमा बजार प्रबन्धकहरु पनि हुन् ।

टेलिकमका सहयात्री सेवा प्रदायक कम्पनीहरु एनसेल, स्मार्ट फोन, युटियलजस्ता कम्पनीहरुले सरकारको स्वामित्वमा रहेको टेलिकमसँग प्रतिस्पर्धा गर्न नसक्नुपथ्र्यो । तर, टेलिकममा कर्मचारीले निजी कम्पनीहरुको पैसा खाएर आफ्नै घर पोल्ने काम गरिरहँदा राजभण्डारीको व्यवस्थापन अन्धो सावित भएको छ ।

सञ्चारमन्त्री मोहन बस्नेतले रेडियो नेपाल, गोरखापत्र, राससको सुधारका लागि जोड दिएका मात्र छैनन् । नेकाँका संस्थापक नेता एवं नेपाल पत्रकार महासंघका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गर्ने भनिएको आमसञ्चार राष्ट्रिय प्रतिष्ठान गठन गर्ने कार्यविधिसमेत यार गरेको बताएपछि एकथरि रन्थनिएका छन्, खबर दबाबमा उल्लेख छ ।

गत साता टेलिकमका प्राविधिकहरुको अन्तरक्रिया कार्यक्रममा सञ्चारमन्त्री बस्नेतले निर्देशनका रुपमा व्यवस्थापनलाई कात्तिकसम्मको अवधिमा सेवा सुधार गर्न भनेका छन् । घुस खुवाएर काम लिने तर समयमा काम नगर्ने ठेकेदार कम्पनीहरुमाथि समेत कारबाही गर्ने चेतावनी मन्त्रीले दिएका छन् ।

प्रकाशित मिति: Sep 14, 2017

प्रतिक्रिया दिनुहोस्