Logo
१६ जेष्ठ २०८२, बिहीबार
(September 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिष्मा मानन्धरसंग रोड सो गर्दे बाबुरामले भने, समृृद्ध मधेश बनाउने एजेण्डा हाम्रो

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

दिपक ‘टेन्ट हाउस’ को गाडीमा सवार भएर कलाकार करिष्मा मानन्धरसंग रोड सो गर्दे डा भट्टराईले हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।

‘हामी जे बोल्छौँ, त्यही गार्छौँ, उनले भने– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्को होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।”

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो ।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा नयाँ शक्तिका संयोजक डाक्टर भटराई सिरहा पुगेका हुन् ।

प्रकाशित मिति: Sep 14, 2017

प्रतिक्रिया दिनुहोस्