Logo
१२ श्रावण २०८१, शनिबार
(August 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठुला नेताले नयाँ शक्ति छोडेपछि पार्टीमा नयाँ नेतालाई जिम्मेवारी

काठमाडौं : राजनीतिमा स्थापित तथा शीर्ष केही नेताले पार्टी छोडेपछि नयाँ शक्ति पार्टी, नेपालले नयाँ नेतालाई जिम्मेवारी दिँदै कार्यविभाजन गरिएको छ । सोमबार काठमाडौंमा बसेको नयाँ शक्ति पार्टी, नेपालको प्रथम महाधिवेशन आयोजक समितिको विस्तारित बैठकले प्रदेशको नेतृत्व र केही विभागको नेतृत्वका बारेमा निर्णय गरेको हो।

साथै साउन ११-१३ सम्म बसेको संघीय परिषद्को बैठकले तत्कालीन केन्द्रीय कार्यकारी समिति विघटन गरेपछि गठित महाधिवेशन आयोजक समिति अन्तरगत तीन वटा समान हैसियतका अंगहरु केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद् र संरक्षक परिषद् हुने निर्णय पनि बैठकले गरेको छ।

तीन वटै अंगको संयोजक पार्टी संयोजक नै हुनेछन् । बैठकले तीनवटै अंगमा सदस्यहरु चयन पनि गरेको छ ।
बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार भदौ १० र ११ गते २ प्रदेशको जनकपुरमा, १२ र १३ गते ३ प्रदेशको काठमाडौंमा, १५ र १६ गते ४ प्रदेशको पोखरामा, १८ र १९ गते ५ प्रदेशको बुटवलमा, २१ र २२ गते ७ नं. प्रदेशको धनगढीमा, २४ र २५ गते ६ नं. प्रदेशमा र २८ र २९ गते १ नं. प्रदेशको धरानमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

साथै असोज २ मा हुने २ नं. प्रदेशको स्थानीय निर्वाचनका लागि रामरिझन यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि भएको छ।

नयाँ कार्यविभाजन निम्नानुसार भएको छ:

१. प्रदेशको कार्यविभाजन
प्रदेश इञ्चार्ज संयोजक
प्रदेश नं. १ परशुराम खापुङ राजेन्द्र किराँती
प्रदेश नं. २ अरविन्द साह डा. सुरेन्द्र यादव
प्रदेश नं. ३ हिसिला यमी सोनामसिं स्याङतान
प्रदेश नं. ४ देवेन्द्र पराजुली रुद्र गुरुङ
प्रदेश नं. ५ नवराज सुवेदी दानबहादुर चौधरी
प्रदेश नं. ६ भक्तबहादुर शाह शरुण वाठा मगर
प्रदेश नं. ७ भीमबहादुर कडायत कृष्णकुमार चौधरी
प्रवास जनक शाह

२. विभाग/समिति/संयन्त्र/आयोगहरुको कार्यविभाजन
क) केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभाग
संयोजक-गंगानारायण श्रेष्ठ
ख) सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
संयोजक-प्रशान्त सिंह
सह-संयोजक-अरुणा रायमाझी
ग) स्रोत परिचालन तथा व्यवस्थापन समिति
संयोजक-नारायणराज पाण्डे
सह-संयोजक-सुनिल खँड्का
घ) राजनीतिक-सामाजिक अभियान परिचालन समिति
संयोजक-प्रेम तामाङ
ङ) प्रशिक्षण विभाग
संयोजक-डम्बर खतिवडा
च) संसदीय मामिला तथा सत्ता समन्वय विभाग
संयोजक-केशव दाहाल
सह-संयोजक-डा. मुक्ति रिजाल
बाँकी विभाग, समिति, संयन्त्र, आयोगहरुको कार्यविभाजन संयोजकले अन्य नेताहरुसँगको परामर्शमा तय गर्नेछन् ।

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्