Logo
१२ श्रावण २०८१, शनिबार
(August 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले लगाए वैद्य, विप्लव र बाबुराममाथि कडा आरोप

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी छाडेर गएका तीन नेता मोहन वैद्य, डा.बाबुराम भट्टराई र बाबुराम भट्टराई असफल भएको टिप्पणी गरेका छन् ।

नयाँ शक्ति छाडेका देवेन्द्र पौडेलसहितका सैयौं नेता कार्यकर्तालाई पुनः आफ्नो पार्टीमा भित्र्याउँदै प्रचण्डले आफूसँग प्रतिष्पर्धा गर्न खोज्दा सिद्धिएको संकेत गरे । प्रचण्डले आफूलाई अचम्मको पात्रको रुपमा पनि चर्चा गरे भन्दै रातोपाटीमा रिर्पोट छ ।

वैद्यले पनि सिद्धान्त बचाउन सकेनन्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई छाडेर गएका मोहन वैद्यले पनि सिद्धान्त बचाउन नसकेको टिप्पणी गरे । ‘मोहन वैद्यजीले सिद्धान्त बचाउँछु भन्नु हुन्थ्यो,’ प्रचण्डले भने, ‘आखिर केही गर्न सक्नु भएन ।’

प्रचण्डले आफूलाई डाइनामिक नेताका रुपमा ब्याख्या गरे । प्रचण्डले आफ्नो पार्टी छाडेर गएकाहरु घाइते भइ पुनः आफ्नो पार्टीमा फर्किएको बताए । घाइतेहरु उपचार गर्दै जोडिएको उनको भनाइ थियो ।

बाबुराम केजरीवाल बन्न खोजे

प्रचण्डले वैद्यमाथि मात्रै टिप्पण गरेनन्, नयाँ शक्ति पार्टीका नेता भट्टराईको पनि आलोचना गरे । बाबुराम केजरीवाल बन्न खोज्दा सिद्धिएको तर्क गरे । बाबुरामले आफूले छाडेपछि माओवादी सिद्धिन्छ भन्ने बाबुरामको घमण्ड पूरा हुन नसकेको उनको भनाइ थियो ।

विप्लव महत्वाकांक्षी

नयाँ शक्ति र विप्लव नेतृत्वको ठूलो पंक्तिलाई पार्टीमा भित्र्याउँन पाउँदा निकै खुशी देखिएका प्रचण्डले विप्लवलाई महत्वाकांक्षी नेताको रुपमा ब्याख्या गरे । विप्लवले आफू प्रचण्ड बन्न खोजे पनि नसकेको भन्दै प्रचण्डले उनको पनि कडा आलोचना गरे ।

दलाल, गद्दार र भ्रष्टाचारी भनियो
माओवादी अध्यक्ष प्रचण्डले आफूलाई दलाल, गद्दार र भ्रष्टाचारी भनेर लगाइएको आरोप पुष्टी नभएको बताए । ‘जीवनमा म अचम्मको पात्र भएँ,’ प्रचण्डले भने, ‘गद्दार, भ्रष्टाचारी, दलाल भनेर मैरै अगाडि गाली गरेको भेटेँ तर अहिले मेरै अगाडि ध्रुवीकरण भएको छ ।’

ब्याज र स्याजसहित आएको भन्दै प्रशंशा

प्रचण्डले माओवादी नेता कार्यकर्ता मात्र नभइ देवेन्द्र पौडेल ब्याज र स्याजसहित लिएर माओवादीमा फर्किएको प्रशंशा गरे । ‘देवेन्द्रजी आफू मात्र होइन, ब्याज र स्याजसहित फर्किनु भएको छ ।’– प्रचण्डले भने । मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पौडेल नेतृत्वमा नयाँ शक्तिका दुई केन्द्रीय परिषद् सदस्य तथा जीवनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा समाहित भएका थिए ।

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्