Logo
२८ मंसिर २०८१, शुक्रबार
(August 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानस्तानबिरुद्ध युद्धको घोषणा, भारत र पाकिस्तानलाई साथ दिन आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरी युद्द गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्द शुरु गर्ने चेतावनी दिएका हुन ।

अमेरिकी मिडिया सिएनएनका अनुसार भर्जिनियाका फोर्ट मेयरमा एउटा भाषणका क्रममा ट्रम्पले जित्नका लागि लड्ने बताए । ‘हामी जित्नका लागि लड्ने छौं ।’ ट्रम्पले भने, ‘हामी कहिले आक्रमण गइरहेका छौं भन्ने कुरा त म भन्न सक्दिनँ, तर हामी आक्रमण गर्नेछौं ।’

अमेरिकी फौजको उपस्थिति रहेको उक्त कार्यक्रममा ट्रम्पले विगतमा आफूले सेनाको संख्यामा कटौती गर्ने भनेपनि त्यो अफगान युद्दमा मारिएका अमेरिकी फौजको अपमान हुने बताए । अफगानिस्तानबाट सेना फिर्ता बोलाए आतंकवादीहरुका लागि आक्रमण गर्न ठाउँ खाली हुने र उनीहरुले आफ्नो सञ्जाल बलियो बनाउने ट्रम्पको तर्क थियो ।

भाषणका क्रममा ट्रम्पले पाकिस्तानको भने आलोचना गरे । ‘पाकिस्तान आतंकवादी संगठनका लागि सुरक्षित स्वर्ग बनेको छ । हामी यो कुरामा लामो समय मौन बस्न सक्दैनौं ।’ उनले भन, ‘हामीले चाहिँ पाकिस्तानलाई अर्बौं डलर दिने, तर पाकिस्तानले भने हामीले नै लडिरहेका आतकंवादीहरुलाई पाल्ने र यो तत्काल परिवर्तन हुनुपर्छ ।’

ट्रम्पको अभिव्यक्तिविरुद्ध तालिबानले भने कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले युद्दको धम्की दिनु भन्दा आफ्ना सैनिक फिर्ता लग्नुपर्ने तालिबानले बताएको छ ।

उनले यो युद्दमा भारतलाई समेत सहयोग गर्न आग्रह गरे । ट्रम्पले भने, ‘अफगानिस्तानमा स्थायीत्व हुनुपर्ने भारतको चासोलाई हामीले सम्मान गर्छौं तर भारतले अमेरिकासँग व्यापारबाट अर्बौं कमाइरहेको छ भने हामीलाई सहयोग गर्नैपर्छ ।’

 

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्