Logo
२२ बैशाख २०८१, शनिबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेलकुद परिषदका उपाध्यक्ष टेण्डी शेर्पा सबै जिम्मेवारीबाट मुक्त

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पालाई उनले हाल लिएका सबै जिम्मेवारीबाट अलग गर्न युवा तथा खेलकुद मन्त्रालयले पत्राचार गरेको छ ।

लामा संलग्न रहेको भन्सारसम्बन्धी मुद्दा अदालतमा चलिरहेकोले सो मुद्दाको टुङ्गो नलागेसम्म उनले लिएको सबै प्रकारका जिम्मेवारीबाट अलग गर्न मन्त्री स्तरबाट भएको निर्णय बमोजिम मन्त्रालयले खेलकुद परिषदलाई निर्देशनात्मक पत्राचार गरेको हो ।

स्मरणीय छ, खेलसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर हङकङबाट स्वदेश फर्कंदा टेण्डी अवैध रुपमा भित्र्याइन लागेको सुनसहित विमानस्थलमा पक्राउ परेका थिए । तस्करीमा उनको संलग्नताबारे अदालतमा मुद्दा चलिरहेको छ भन्दै घटना र विचारमा समाचार छ ।

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्